ढकालको स्वार्थमा चल्न नसकेपछि ज्ञवालीले दिए राजीनामा

काठमाडौं । बिबाद बढेपछि ग्लोबल आइएमइ बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले राजीनामा दिएका छन् ।

२०७२ जेठमा ग्लोबल आइएमइ दोस्रो पटक प्रवेश गरेका ज्ञवालीले कार्यकालको दुई वर्ष बाँकी छँदै बाहिरिएका हुन । नबिल बैंकमा चार वर्षे कार्यकाल पुरा गरेर ग्लोबल आइएमइ पुगेका उनी त्यसअघि पनि ग्लोबल आइएमईमा नै कार्यकालको एक बर्ष बाँकी छँदै बाहिरिएका थिए ।

तत्कालिन नेपाल अरब बैंक (अहिलेको नबिल) को संस्थापक कर्मचारीका रुपमा ३० बर्ष अगाडि बैंकिङ करियर सुरु गरेका ज्ञवाली त्यहाँ माथिल्लो व्यवस्थापनमै नियुक्त भएका थिए ।

१९८४ बाट १९९६ सम्म करिब १२ वर्ष नबिल बैंकमा रहेका उनले त्यसपछि अमेरिकास्थित सिटी बैंकको नेपाल शाखा प्रमुख भएर काम गरेका थिए । ग्लोबल आइएमइ  बैंककाअध्यक्ष चन्द्र ढकालको स्वार्थमा चल्न नसकेपछि उनले राजिनामा दिएको चर्चा छ । पछिल्लो समय ग्लोबल आइएमइ बैंकले  हुण्डी र अबैध कारोबार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बिशेष अनुसन्धान महाशाखाले छानविन थालेको थियो ।

प्रतिक्रिया

सम्बन्धित