राजविराज र फत्तेपुरमा एनआईसीको नयाँ शाखा

nic

   काठमाडौं । एनआईसी एशिया बैंकले सप्तरिको राजविराज नगरपालिका वडा नं ८ र सप्तकोशी नगरपालिका वडा नं १ मा नयाँ शाखा विस्तार गरेको छ । राजविराज नगरपालिकाका नगर प्रमुख शम्भुप्रसाद यादवबाट आइतबार एक समारोहकाबीच राजविराज शाखाको उद्घाटन सम्पन्न भएको हो भने सप्तकोशी नगरपालिकाका नगर प्रमुख उत्तमकुमार शर्माले फत्तेपुर शाखाको उद्घाटन गरेका हुन् ।

राजविराज शाखाको उद्घाटन समारोहमा नगर प्रमुख यादवले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्ना उपस्थिति सबल बनाउदै गएको यस बैंकको प्रशंसा गरे । त्यस्तै पत्तेपुर शाखाको उद्घाटन गर्दै नगर प्रमुख शर्माले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्ना उपस्थिति सबल बनाउदै गएको यस बैंकको प्रशंसा गरे ।

बैंकको मुलुकभर २७७ शाखा कार्यालयहरु, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । बैंकको वासलातको आकार रू. २१५ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६८ अर्ब तथा कर्जा रू. १४९ अर्ब पुगिसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख ५० हजार रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित