एनआरएनए युएईलाई सामाजिक संस्थाको मान्यता

nrna uae

    युएई । गैरआवासीय नेपाली संघ (एनआरएनए) युएई शाखा युएईको सरकारी निकायमा दर्ता भएको छ । अध्यक्ष रमेश श्रेष्ठको नेतृत्वमा एनआरएन युएई सामाजिक संस्थाको रुपमा दर्ता भएको हो ।

एनआरएनए युएई कानुनी रुपमा वैधानिकता पाउने युएईको दोस्रो नेपाली सामाजिक संस्था हो । युएईमा व्यवसाय गर्दै आएका पाल्पाका डा. दिनेश आचार्यको नेतृत्वमा दुई वर्षअघि ‘हामी नेपाली’ नामक संस्था दर्ता भएर वैधनाकिकता पाएको थियो ।

आइतबार नेपाल एसोसेसनको नाममा युएईको कम्युनिटी डेभलपमेन्ट अथोरेटी (सीडीए)मा दर्ता भएको संंस्थाले सामाजिक, सांस्कृतिक, मनोरञ्जन, खेलकुदलगायतका कार्यक्रमको आयोजनाका साथै परोपकारी काम गर्न पाउने एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठले बताए।

युएईमा सामाजिक संस्था खोल्न न्यूनतम १० जना हुनुपर्ने र त्यसमा दुईजना युएईका नागरिक हुनुपर्ने प्रावधान छ । सोहीअनुसार संस्थामा दुईजना स्थानीय नागरिक र ८ जना एनआरएनए युएईका वर्तमान कार्यसमितिका पदाधिकारी छन्। जसमा निर्मलकुमार पोखरेल राजु केसी, कृष्णप्रसाद पौडेल, नवीन पौडेल, ठक्करबहादुर कार्की, कल्पना राई र नेत्रप्रसाद शर्मा छन्।

प्रतिक्रिया

सम्बन्धित