८८ किलो सुन तस्करीका नाइकेको दुईवटा होटेल, ठूलो मात्रामा अवैध डलरको कारोबार

काठमाडौं । ८८ किलो सुन तस्करीका नाइके चिनियाँ नागरिक जिया क्विङ नै भएको प्रहरीको ठहर छ । उनकी श्रीमती जेन सुहुई र बाबु जान ग्वा पनि नेपालमै बस्दै आएका छन् ।

 क्षेत्रपाटीबाट करिब तीन सय मिटर पश्चिमतर्फको सडकछेउबाट महानगरीय अपराध महाशाखाबाट डिएसपी प्रजित केसी नेतृत्वको टोलीले सो गाडी नियन्त्रणमा लिई चालक अधिकारीलाई पक्राउ गरेपछी अधिकारीले सो सुन होटेलका मालिकको भएको भन्दै ठमेलको काठमाडौं वान होटेलमा लिएर गएका थिए ।

  त्यहीँ केही व्यक्तिलाई नियन्त्रणमा लिए पनि प्रहरीले सोधपुछपछि छाडिदिएको थियो । मुख्य तस्कर चिनियाँ नागरिक भएको र उनीहरूको खोजी भइरहेको महाशाखाका एसएसपी दिबेश लोहनीले बताए । चिनियाँ नागरिक जिया क्वाङले सो गाडी क्षेत्रपाटीको जेनजोन होटेलबाट ठमेलको काठमाडौं होटेलमा पुर्याउन जिम्मा दिएका थिए । त्यसैका लागि चालक अधिकारी बिहान साढे २ बजे त्यहाँ पुगेका थिए । गाडी कुरेर बसेको वेला प्रहरीले उनलाई पक्राउ गरेको हो ।

  बिहान ३ बजे सुन बरामद गरेकोमा प्रहरीले ९ बजे मात्र सार्वजनिक गरेको थियो । जसकारण सुन तस्कर भाग्न सफल भएका हुन् । सुन तस्करीमा होटेल वानका सञ्चालक रहेका चिनियाँ दम्पतीसमेत संलग्न रहेको गाडी चालक अधिकारीले प्रहरीलाई बताएका छन् । सो गिरोहमा काठमाडौंका सुन पसले तथा भारतीय व्यापारीहरूसमेत संलग्न रहेको प्रहरी आशंका छ । स्रोतका अुनसार सो समूहले ठमेलमा ठूलो मात्रा अवैध डलरको कारोबारसमेत गर्दै आएको छ । सुन बरामद भएपछि तीनैजना फरार भएका छन् । आइतबार बेलुका उनीहरू र्याडिसन होटेलमा बसेका थिए । उनीहरूको काठमाडौंमा दुईवटा होटेल छ ।

  क्षेत्रपाटीमा रहेको जिनजोङ होटेल श्रीमतीको नाममा छ । त्यस्तै, काठमाडौं वान होटेल भने अर्को व्यक्तिलाई जिम्मा दिएर चलाउँदै आएका छन् । बिजनेस भिसामा नेपालमा बसेर उनीहरूले सुन तस्करी गर्दै आएको प्रहरी स्रोत बताउँछ । हरेक साता केरुङ जाने गाडी उनी आफैँले चलाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।नयाँ पत्रीकाबाट

प्रतिक्रिया

सम्बन्धित