दुबैलाई इतिहासले गतल सावित गरेको दावी गर्दै प्रचण्ड र विप्लवलाई सुध्रन बाबुरामको सुझाव

baburam

   काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले पूर्व मित्रद्धय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सरकारले प्रतिवन्ध लागाएको नेकपा माओवादीका संयोजक नेत्रविक्रम चन्द ‘विप्लव’ लाई नयाँ विचार अंगीकार गर्न सुझाव दिएका छन् ।

१० वर्षे जनयुद्ध सँगै लडेका अध्यक्ष दाहाल र विप्लवमा देखिएको वैचारिक समस्याले पछिल्लो परिणाम आएको जिकिर गर्दै नेता भट्टराईले ‘कोर्स करेक्सन’को सुझाव दिएका हुन् ।

संविधानविपरीत गतिविधि सञ्चालन गरेको भन्दै सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएपछि यसको पक्ष–विपक्षमा बहस सुरु भएको छ । नेकपाकै नेताबीच पनि प्रतिबन्ध लगाउनु हुन्थ्यो÷हुन्थेन भन्नेमा एकमत छैन ।

तर, तत्कालीन माओवादीले सञ्चालन गरेको जनयुद्धका वैचारिक तथा सांगठनिक खम्बामध्येका एक बाबुरामले आफ्ना दुवै पूर्वकमरेड गलत बाटोमा हिँडेको टिप्पणी गरे ।

प्रतिबन्धबारे मुख नखोले पनि प्रचण्डले विप्लव समूहले आफ्नो हत्या योजना बनाएको दाबी गरेका छन् । उता, क्रान्तिलाई धोका दिएर गद्दारी गरेको भन्दै विप्लव माओवादी केही वर्ष अघिदेखि नै प्रचण्डसँग रिसाएको छ ।

भट्टराईले दुवैलाई इतिहासले गलत सावित गरिसकेको दाबी गर्दै अन्नपूर्ण पोष्टमा आज ‘मलाई मार्ने सूचना आयो : दाहाल’ र्शिकमा प्रकाशित सामाचारको फोटो राखी ट्वीट गर्दै लेखेका छन्–‘भनिन्छ Two wrongs don’t make a right ! पूर्व क. प्रचण्ड र विप्लव दुवै गलत बाटोमा हुनुहुन्छ र एकअर्कालाई संगीन आरोप लगाइरहनुभएको छ ! समस्या व्यक्तिको नभएर विचारको हो ! यो दन्तबझान संसदीय कम्युनिज्म र उग्रपन्थी कम्युनिज्म वीचको हो ! इतिहासले दुवैलाई गलत सावित गरिसकेकोछ१खाँचो नयाँ विचारको हो !'

प्रतिक्रिया

सम्बन्धित