सुन तस्करीमा यसरी हुन्छ सेटिङ, पटक-पटक किन मुछिन्छन् दीपक मलहोत्रा ?

काठमाडौं । महानगरीय अपराध महाशाखाले  क्षेत्रपाटीबाट बरामद गरेको ८८ किलो सुनका मालिक को हुन भन्ने बारेमा यतिखेर निकै चर्चा र आशंकाहरु उव्जिएका छन् । ८८ किलो सुन तस्करीमा चिनियाँ तस्कर याङ वेन विङ र उनका पति पान विई मिङको सँलग्नता रहेको खुलेको छ । उनीहरुको डिजाइनमा भारत तस्करीका लागि तयारी अवस्थामा राखेको सुन विशेष सुराकीका आधारमा महाशाखाको टोलीले बरामद गरेको थियो ।

  त्यसो त सुन मालिक चिनियाँ दम्पत्तीको विमल अग्रवाल, विजय अग्रवाल र दिपक मल्होत्रा समूहसँग निकट सम्बन्ध रहेको समाचार बाहिर आएको छ । यि मध्यका मलहोत्राको नाम यसअघी पनि चर्चामा आउने गरेको छ  । २०५५ मा सांसद परी थापाको संयोजकत्वमा गठित राजश्व चुहावट नियन्त्रण  समिति समितिले बुझाएको प्रतिवेदनमा दीपक मलहोत्रा, प्रकाश टिवडेवाला, विष्णु जोशी, , विष्णु गौचन, स्वाँरलगायत दर्जनौ व्यक्तिहरु सुन तस्करीमा सँलग्न रहेको उल्लेख थियो । तर, ती कुनैमाथि कानुनी कारवाही भएन ।किनकी मलहोत्राको प्रहरीका उच्च हाकिमहरु सँग राम्रो सम्वन्ध रहेको हुँदा उनीमाथि कारवाही हुन सकेको छैन ।  प्रहरीकै उच्च तहको मिलमतोमा लामो समयदेखि अवैध सुनको तस्करी हुँदै आएकोमा सेटिङ नमिलेपछि अहिले तस्कर समूहबाटै अवैध सुनको सुचना लिक भएको वताइन्छ ।

मलहोत्राको कनेक्सन

अहिले भइरहेको सुन तस्करीको योजनाकर्ता दीपक मल्होत्रा नै नै रहेको आशंका गरिएको छ  । २०५३ सालमा वामदेव गौतम गृहमन्त्री हुँदा पनि उनै मल्होत्रा तस्करीको सेटिङ मिलाउँथे । त्यसबेला सांसद परी थापा संयोजकत्वको संसदीय समितिले उनलाई कारबाहीको सिफारीस गरेको थियो । उनै मल्होत्रा  अख्तियारदेखि वालुवाटारसम्म सेटिङ मिलाउन खप्पिस मानिन्छन ।

 सामसुङ मोबाइलको व्यापारको आवरणमा अनेक धन्दा चलाउँदै आएका मल्होत्राको पुर्व आईजीपी उपेन्द्रकान्त अर्याल,पुर्व एआईजी नवराज ढकाल देखी हालका केही एआईजीसम्म राम्रो सम्वन्ध छ । । बिदेशी मुद्रा तस्करीमा एसएसपी रविराज श्रेष्ठमाथि भएको छानबिनमा अर्यालले मल्होत्रालाई जोगाएका थिए । खासमा मल्होत्राकै सेटिङ अनुसार एसएसपी श्रेष्ठ एयरपोर्ट गएका थिए र सुन तथा बिदेशी मुद्राको तस्करी गराएका थिए । श्रेष्ठलाई जस्तै गरी बिजयलाल कायस्थलाई सोही समूहले एयरपोर्टमा सरुवा गरी  तस्करीको धन्दा चलाएको थियो । एयरपोर्ट भन्सारका तत्कालिन प्रमुख सुदीपचन्द्र शाह र यस्थको मिलेमतोमा यस्तो धन्दामा मौलाएको थियो ।  पुर्व अर्थमन्त्री डा. रामशरण महतले पनि संरक्षण दिएका थिए ।

 भन्सारका शाह निलम्बनमा पर्दा पनि कायस्थलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्वित प्रमुख लोकमानसिंह कार्की र अर्यालले जोगाएका थिए । स्रोतका अनुसार विभिन्न ब्राण्डेड सामानमार्फत अहिले सुन तस्करी हुने गरेको छ । एयरपोर्टमा काम गर्ने अन्य प्रहरीलाई थाहा नदिई कार्गोमार्फत विभिन्न सामानभित्र लुकाएर सुन आउने गरेको छ ।

 त्यसवापत मोटो रकम प्रहरी नेतृत्व र गृहमन्त्रीसम्म पुग्ने गरेको छ । तस्करीमा प्रत्यक्ष रुपमा भने काठमाडौंका सुन पसलेदेखि केही मारवाडी व्यवसायीहरु छन् । त्यसरी तस्करी भएर आउनेमध्ये २५ प्रतिशत सुन नेपालमै खपत हुने गरेको छ भने बाँकी भारत पुग्ने गरेको छ । सुन तस्करी रोक्न पुर्व आईजीपी अर्यालले निर्देशन दिंदा प्रहरी मुख्यालयका अधिकारीहरुले भने त्यसलाई जोकका रुपमा लिएका थिए । किनकी सेटिङमा भइरहेको तस्करीबारे धेरै अधिकारीले चाल पाइसकेका थिए । तस्करीमा मेट्रोका तत्कालिन एआईजी बिज्ञान शर्माको समेत मिलेमतो रहेको स्रोत बताउँछ ।  शर्माका भाई दया शर्मा पनि तस्करीको धन्दा गर्ने व्यक्ति हुन् । उनी मल्होत्राका पार्टनर समेत हुन् ।

प्रतिक्रिया

सम्बन्धित