सरकार नै लोकतन्त्र समाप्त पार्न खेलमा लागेकाे भट्टराईकाे दावी

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुरा भट्टराईले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाउनु सरकारको हतारोमा गरिएको अराजनीतिक र अपरिपक्व निर्णय भएको बताएका छन् ।
सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा संयोजक डा. बाबुराम भट्टराईले भने–‘विप्लवको ध्वंसात्मक क्रियाकलाप सामान्य कानूनी प्रक्रियाद्वारा नै नियमन गर्न सकिन्थ्यो । सरकारले हतारमा प्रतिबन्ध गर्नु ठीक होइन् । विप्लव समूहलाई वैचारिक राजनीतिक ढंगले जनताबाट एक्ल्याउनुपर्नेमा प्रतिबन्ध गरेर सरकारले गल्ती गर्यो ।’
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले राज्यको शक्ति र स्रोतलाई पार्टीगत स्वार्थमा दोहन गरिरहनु र विप्लव नेतृत्वको नेकपाले क्रान्तिबारे रोमाञ्चक जडधारणा र उग्र वामपन्ती ध्वसात्मक चिन्तनबाट ग्रसित हुनु शान्ति, सुशासन, विकास र समृद्धिको चाहनाविपरीत भएको उनको भनाई छ ।
सत्तारुढ नेकपाले विप्लवको पार्टीलाई लुटेरा भन्नु नैतिक रुपमा पनि नमिल्ने संयोजक भट्टराईले बताए । पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले भने–‘राज्य आफैले लुटतन्त्रलाई संस्थागत गरिरहेको अवस्थामा विद्रोही शक्तिलाई लुटेरा चित्रण गर्ने नैतिक तथा राजनीतिक अधिकार कमजोर हुन्छ ।’
भट्टराईले टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय सुनाइएका रेशम चौधरीलाई अविलम्ब रिहा गर्न माग गरेको छ । टीकापुर घटना राजनीतिक विद्रोह हो भन्दै यसलाई आपराधिक घटनाका रुपमा ब्यवहार गर्नु अन्यायपूर्ण भएको उनको भनाइ छ ।
भट्टराईले सरकारले सिके राउतलाई अनावश्यक महत्व दिएको पनि बताए । ‘सिके राउतलाई सरकारले यसरी प्रस्तुत गर्यो कि मानौं उनी गौतमवुद्ध र पृथ्वीनारायणपछिको एकमात्र व्यक्तित्व हुन्’ उनले भने ।
त्यसैगरी उनले केपी ओली नेतृत्वको सरकार नेपाली सेनालाई कमजोर बनाउने र लोकतन्त्र समाप्त पार्न सरकार उद्दत रहेको पनि आरोप लगाए । सुरक्षा परिषदको काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा प्रधानमन्त्रीको एकल निर्णयबाट सेना परिचालन सिफारिस गर्न सक्ने प्रावधानले ‘कु’ को खतरा हुने डा. भट्टराईको दाबी छ ।
उनले भने–‘प्रधानमन्त्री ओलीले सम्पत्ती शुद्धीकरण अनुसन्धान विभाग, राजश्व अनुसन्धान विभाग, राष्ट्रिय अनुसन्धान विभाग र सुरक्षा परिषद आफूमा केन्द्रित गरेर निरंकुश बन्न खोजेका छन् । यस्ता कार्य प्रधानमन्त्रीको व्यक्तिगत स्वेच्छाचारिता र अधिनायकवाद उन्मूख सोचको परिचायक रहेको नयाँ शक्तिको ठहर छ ।’

आजको मौसम : देशका पहाडी भूभागका चट्याङ्गसहित वर्षाको सम्भावना
_W8QOkFo7gR_xcziiggy1mvdde4pu7przgsfjxcom5yhhiaixcblui9gy6k4z9wl16uu16f7_V5XndIZWCr_wjhbbhfqwtcibgefhsxy9c57amur376hb3juc02egwd3sevenednlip9slka.jpg)
मिथिला माध्यमिकी परिक्रमा आज औरही पुग्दै
%2520(1)_sVEf8TA7QT_b5b1w5lr4j8emdsfexlp8dcesv8xfzjj1c4kblqqsskmedaksg7mje8six0p_i23WqiVuWU_xvmtlgd2hu7jc6n8wiyaf07hwgma0xujqnckriymdmxauwooqgsfih1yimav.jpg)
सडकमा फोहोर गरेको भन्दै राप्रपालाई काठमाडौं महानगरद्वारा एक लाख जरिवाना
_CFTBqhIJUX_patxejnuv40mokmh51lliolvlmmzxrllxp4zjjzhv3nogjinlzzbyuqynyax_bkU3oXviSm_t4eeomftyt0odxyv1hq75cef5idjpkjaie46fnmf01zx0f6u2q41gnbsh68d.jpg)
यो संविधान कुनै व्यक्तिले दिएको होइन : प्रधानमन्त्री

मौसम पूर्वानुमान : तीन प्रदेशमा वर्षाको सम्भावना
_dAQ8FYTC0u_r3he5yl2zwhqwv2aqb23aahqajt0pbxl0tut3hvrdnlinxr8n9vqmfp3euds_6zwscFuTh6_qljrcl7qlrd6gdhrdvkeb4yp4aiyy8o87bl8s5ufil71raxxk6buikxb4orr.jpg)
काठमाडौंमा पूर्वराजा ज्ञानेन्द्रको स्वागत, समर्थकले लगाए चर्का नारा
%2520(11)_ISoOo4IqGT_ciyrnxl7qpkkz2rkdpswc5zuqfmfqazbdhzvt1u6xf4o4uibek4nkpiwkrh4_LCVsRpFDPU_llw2qft28lwk2i5tiiohwjn55cusmaighela6aya6kqyjnerxveecxbwlq4x.jpg)
चीनको शेन्जेन क्षेत्रमा रोबोटिक्स क्रान्ति
%2520(2)_Eewmb59cgN_uqom5jfdvlhyd78olb4tgdjqjuggd20ypysr6vvyxeeyjabylxaipbwuaedp_ZPRAS1EOA1_pr9a6ghf5ixkqhyy3pxs7j1twvtrpgbilaj8hidz2yu7ba8fv171rd4euebt.jpg)
प्रतिक्रिया