एसपी बिष्ट अदालतमा हाजिर

sp bista

  काठमाडौं । कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा यातना र प्रमाण नष्ट गरेको अभियोगमा मुद्दा चलाइएका तत्कालीन एसपी डिल्लीराज बिष्ट अदालतमा उपस्थित भएका छन् । उनी आज ११ बजे कञ्चनपुर जिल्ला अदालतमा उपस्थित भएका हुन् ।

बिष्टसँगै पक्राउ पुर्जी जारी गरिएका तत्कालीन डीएसपी अगुर जिसी भने अदालतमा उपस्थित भएका छैनन्। निर्मला हत्या घटनामा यातना र प्रमाण नष्ट गरेको कसुरमा मुद्दा चलाइएका तत्कालीन एसपी विष्ट र डीएसपी जीसीलाई पक्रन जिल्ला अदालतले फागुन २६ मा ३५ दिने म्याद जारी गरेको थियो ।

सोही कसुरमा मुद्दा लागेका अन्य छ जनालाई भने धरौटीमा छुटिसकेका छन् ।  कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले अदालतमा उपस्थित भएका ६ जनालाई धरौटीमा छाड्ने आदेश गरेको थियो।

तत्कालीन डीएसपी ज्ञानबहादुर सेठी र इन्स्पेक्टर एकीन्द्र खड्कालाई यातना कसुरमा ५ लाख र सार्वजनिक न्यायविरुद्धको कसुरमा ४ लाख गरी ९÷९ लाख धरौटी लिइएको थियो । सार्वजनिक न्यायविरुद्धको कसुर लागेका तत्कालीन इन्स्पेक्टर जगदीश भट्टलाई ४ लाख र सार्वजनिक न्यायविरुद्धको कसुरमा तत्कालीन सईहरू हरिसिंह धामीलाई साढे ३ लाख, रामसिंह धामीलाई ३ लाख र प्रहरी हवल्दार चाँदनी साउदलाई २ लाख ५० हजार धरौटी तोकिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित