बेलायतमा ‘मर्यादित महिनावारी सबैको जिम्मेवारी’ बारे अन्तर्कृया

sudha d

लण्डन । तमु धी यू मा ‘मर्यादित महिनावारी सबैको जिम्मेवारी’ बारे अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ । गत आइतबार सम्पन्न भएको कार्यक्रममा मदन पुरस्कार बिजयी सामाजिक अभियंता राधा पौडेलले सो बारे अन्तरकृया गरेकी हुन । सो अन्तरकृया कार्यक्रममा विभिन्न उमेर समूहका करीब १०० जना जति महिला अनि पुरुष्हरुको सहभागिता रहेको थियो।

१०९ औं अन्तराष्ट्रीय नारी दिवसको उपलक्ष्यमा बृटिस एकेडेमी र लिभरपुल जोनमूर यूनिभर्सिटीको संयूक्त निमन्त्रणामा बेलायत आएकी पौडेलको प्रस्तुतिपछि सहभागीहरुले प्रश्नोत्तर गर्नुका साथै महिनावारी बारे आ–आफ्नो अनुभव समेत सुनाएका थिए।

कार्यक्रममा उनले हालै सार्वजनिक गरिएको आफ्नो पुस्तक अ–पवित्र रगत बारे पनि चर्चा गरिन। त्यस्तै उनका अन्य कृति शान्तीका पाईलाहरु (कविता संग्रह) र मर्यादित महिनावारी सबैको जिम्मेवारी (ह्यान्ड बुक) र माओवादी द्वन्द्वनकालमा खंलगामा भएको हमलाको बारेमा पनि जानकारी गराएकी थिइन् ।

पौडेलले अ–पवित्र रगत उनले गाउँ गाउँ घुम्दा भोगेका, भेटेका, देखेका बिबिध घट्नाहरुका साथै आफैले भोगेका आफ्ना दुःख र आफ्नै पीडाका कथाहरु भएको उद्दृत गरेको कुरा बताइन् ।

त्रीभुवन विश्व बिद्ध्यालय र फिलिपिन्सको मनिलाबाट मास्टर्स साथै मर्यादित महिनावारीबारे पिएचडी गर्दै गरेकी पौडेलले बेलायत भ्रमणका अवसरमा विभिन्न नेपाली समुदाय र स्थानीय कलेजहरुमा पनि अन्तर्कृया कार्यक्रममा भाग लिएकी थिइन।

उनले नेपाली राजदूताबास, बेजिङ्गस्टोक नेप्लीज कम्यूनिटी, ग्रेटर रेडिङ्ग नेप्लीज कम्यूनिटी, बेजिङ्गस्टोक टेक्नोलोजी कलेज, क्रेनबोर्न कलेज बेजिङ्गस्टोक, मगर समाज फार्नबोरो, तमु धी यू के लगायत का संस्थाहरुले आयोजना गरको कार्यक्रममा सहभागिता जनाएकी थिइन् भने सोआस (SOAS) यूनिभर्सिटीका लेक्चररहरु र मास्टर्स गर्दै गरेका बिद्ध्यार्थीहरुसँग अन्तर्कृया समेत गरेकी थिइन् । त्यसैगरी उनी एनआरएनएको नारी दिवसमा पनि सहभागि भइन् ।

sudha d 1

बृटिस एकेडेमी र लिभरपुल यूनिभर्सिटको कार्यक्रम पश्चात् राधाको उपरोक्त सबै एक हप्ताको कार्यक्रम संयोजन बेजिङ्गस्टोक निवासी समाजसेवी सुधा गुरुङ्गले गरेकी थिइन। पौडेलले बिदेशका कैयौ यूनिभर्सिटीमा बिदेशीहरुलाई प्राध्यापन गराइसकेको तर, बिदेश बसेका आफ्नै नेपाली समुदायमा भने खासै केही गर्न नपाएकोले आफ्नै समुदायमा पनि केही ज्ञानगुनका कुरा बाँड्नुका साथै भेटघाट र भलाकुसारी गरौ भन्ने इच्छा गरेको हुनाले गुरुङले उनको कार्यक्रम संयोजनको जिम्मा लिएकी थिइन।

पौडेलले नेपालका ६२ वटा जिल्लामा घुमेर सेवा पुराइइसकेकी छन् भने १७ वटा राष्ट्रमा भ्रमण गरिसकेकी छन् । उनले देश बिदेशमा विभिन्न यूनिभर्सिटीमा प्राध्यापन र विभिन्न कन्फरेन्स र फोरमहरुमा सहभागिता जनाइसकेकी छन् ।

माओवादी द्वन्दकालमा खलंगामा भएको हमलाबाट ज्यान जोगिन सफल भै पुरर्जीवन पाएकी पौडेलले कार्यक्रममा भनिन्–‘महिनावारीको रगतलाई अपवित्र मान्दै सदियो देखि मान्दै आएको रुढीबादी संस्कार र मान्यतालाई निरन्तरता दिनु कहाँको बुद्धिमानी हो ? समय सापेक्ष आफ्नो बिचार धारामा परिवर्तन ल्याउँदै पुराना रुढिवादी संस्कारलाई परिमार्जित गर्दै लैजानु पर्ने आजको समयको माग र आवश्यकता हो ।’

हरेक महिलाले समाजमा स–सम्मान जिउनु पाउनु उनको नैसर्गिक अधिकार हो भन्दै उनले ‘तपाईं फाईभ स्टार होटेलमा बस्नुहुन्छ, एक से बढकर एक छानी छानी प्याड लगाउनु हुन्छ तर, महिनावारी बार्ने कुप्रथाले गर्दा एउटै डाइनिङ्ग टेबलमा बसेर तपाईं परिवारका साथ बसेर खान पाउनुहुन्न भने त्यसको ईम्प्याक्ट के हुन्छ ?’ भन्दै प्रश्न गरेकी थिइन् ।

त्यसैले ‘मर्यादित महिनावारी सबैको जिम्मेवारी’ भन्ने नारालाई निरन्तरता दिंदै महिला हक र हितका लागि हरेक नारी स्वयम् नै सचेत भई यो अभियानमा लाग्नु पर्नेमा उनको जोड थियो ।

पौडेलले हालसम्म सामाजिक अभियानमा एन पिस एवार्ड २०१२, वुमन पिस मेकर अवार्ड २०१२, प्रतिभाशाली सामाजिक पुरस्कार २०१४, र खंलंगामा हमला–मदन पुरस्कार २०१४ प्राप्त गरिसकेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित