होलीको दिन नियम मिच्ने २२ वटा सरकारीसहित ७०९ सवारी साधन कारबाहीमा

holisafe

  काठमाडौं । ट्राफिक प्रहरीले होलीको दिनमा नियम मिच्ने र लापरबाही रूपमा सवारी चलाउने २२ वटा सरकारीसहित ७०९ सवारी साधनलाई कारबाही गरेको छ। कारबाहीमा पर्नेमा मापसे गरेर चलाइएका ६७ र लापरबाही गरी चलाइएका ३४ सवारी साधन रहेका छन्।

त्यस्तै, कागजपत्र नलिइकन चलाइएका ३०८ हेलमेट नलगाइकन चलाइएका २६, तीन जना राखेर चलाइएका ७१ र अन्य ३० सवारी साधनलाई प्रहरीले कारबाही गरेको छ।

ट्राफिक प्रहरी प्रवक्ता जयराम सापकोटाका अनुसार यीमध्ये १ सय ५३ लाई तत्काल कारबाही गरेर छाडिएको थियो भने ५ सय ५७ सवारी साधनलाई नियन्त्रणमा लिइएको छ । 

होेली पर्वमा जथाभावी सवारी साधन चलाउँदा स्वयम्भु र सातदोबाटोमा भएको दुर्घटनामा २ जनाको मृत्यु भएको र ३ जनाको अवस्था जटिल छ। ती दुर्घटनामा काठमाडौँ कीर्तिपुरका ३१ वर्षीय सुनिल शाही र ललितपुर गोदावरीका १७ वर्षीय सचिन श्रेष्ठको मृत्यु भएको थियो।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले घाइतेहरूको स्वयम्भुस्थित मनमोहन मेमोरियल अस्पताल र सातदोबाटोस्थित सुमेरु अस्पतालमा उपचार भइरहेको जानकारी दिए।

होलीमा बुधबार मात्र काठमाडौं उपत्यकाका स्थानमा १० दुर्घटना भएका थिए। गत वर्षको होलीमा २२ सवारी साधान दुर्घटना हुँदा १८ घाइते भएका थिए।

 

प्रतिक्रिया

सम्बन्धित