‘क्याप्टेन’ हेर्न बुबा र श्रीमती लिएर सिटी सेन्टर पुगे प्रधानमन्त्री

kp in hall

   काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बुधबार साँझ बुवा मनप्रसाद ओली र श्रीमती राधिका शाक्यलाई लिएर फिल्म हेर्न गए।

राजधानीको सिटी सेन्टरको बिग मुभिजमा उनले अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको चलचित्र ‘क्याप्टेन’ को रात्रीकालीन सो हेरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

सरकारका मन्त्री र सत्तारूढ दलका नेताहरूसहित हलमा पुगेका प्रधानमन्त्रीलाई अनमोलसहित अन्य कलाकारले स्वागत गरेका थिए। चलचित्र ‘क्याप्टेन’ मा राष्ट्रिय खेलाडीले भोग्नु परेका समस्यालाई विषयवस्तु बनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित