दरबारमार्गमा २४ सय रुपैया पर्ने जुत्तालाई ग्राहकबाट २७ हजार लिएर असुली

काठमाडौं ।  दरबारमार्गमा ११ गुणा बढी मूल्य लिएर ग्राहकलाई ठग्ने गरेको पाइएको छ । आपूर्ति मन्त्री शिबकुमार मण्डलसहित आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनमा दरबारमार्गका ब्राण्डेड स्टोरले ११ गुणा बढी मुल्य लिने गरेको भेटिएको हो ।

 अनुगमनका क्रममा दरबारमार्गमा रहेको पुमा, नाइक, बिन्टले र स्टोर वानमा १ हजार पर्ने कपडा ४ देखी ५ हजार, २४ सय रुपैया पर्ने जुत्ताहरु २७ हजार रुपैयाँसम्म लिने गरेको पाइएको आपूर्तिमन्त्री शिवकुमार मण्डलले जानकारी दिए । ‘व्यापारको नाममा लुटतन्त्र फस्टाएको रहेछ, यो सरासर कालोबजारी हो,’ उनले भने– ‘ग्राहक लुट्न पल्केका चार वटै स्टोरमा शिलबन्दी गरेका छौं ।

 अनुसन्धान गरी थप कारवाही अगाडि बढाउँछौं ।’आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमार दाहालले शिलबन्दीमा परेका व्यवसायीलाई सम्पूर्ण कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिएको जानकारी दिए । ‘सबै कागजात नभेटिए छानबिन गरी मुद्दा दायर गर्छौं,’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित