पक्राउ परेकालाई तुरुन्त नछाडे प्रतिरोधको कारबाही अघि बढाउने प्रतिबन्धित नेकपाको चेतावनी

biplab

 काठमाडौँ । सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले  कुनै पनि सुरक्षा निकायमाथि आक्रमण गर्ने योजना नभएको वताएको छ  । नेकपाका  स्थायी समिति सदस्य तथा मध्य केन्द्रीय कमान्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले चैत ७ गते बिहीबार प्रेसविज्ञप्ति जारी गर्दै आफ्नो पार्टीको निशाना दलाल पुँजीवादी, कालोबजारी, भ्रष्टाचारी र बलात्कारीहरू रहेको तर सेना, प्रहरी वा कुनै पनि सुरक्षा निकाय लक्षित आक्रमण गर्ने नीति नभएको विज्ञप्तिमार्फत जनाएका हुन  ।

 सरकारले नेकपामाथि प्रतिबन्ध लगाएपछि उत्पन्न परिस्थितिले देश गृहयुद्धमा जाने सर्वत्र चिन्ता गरिएको बेला नेता सुदर्शनले जनता, क्रान्तिकारी शक्ति, देशभक्तहरू, सच्चा लोकतन्त्रवादीहरूको समेत ध्यानाकर्षण पनि गराएका छन् ।

 साथै उनले आफ्नो पार्टीका पोलिटब्युरो सदस्य मोहन कार्की ‘जीवन्त’ लगायत गिरफ्तार गरिएका सम्पूर्ण नेता–कार्यकर्ताहरूको रिहाइको माग गरेका छन् । सरकारले गिरफ्तार गरिएहरूलाई तुरुन्त रिहा नगरेमा कुनै पनि जनप्रतिरोधको कारबाही अघि बढाउन बाध्य हुने चेतावनी सुदर्शनले दिएका छन् ।

 काभ्रेमा प्रहरी र नेकपाका कार्यकर्ताबीच गोली हानाहान भएको भनी प्रचारित समाचारलाई लिएर प्रहरी आफैँले एकतर्फी गोली चलाएर जबाफी कारबाही गरेको बकबास गरेको कुरा पनि सुदर्शनको विज्ञप्तिमा उल्लेख छ ।

bigyapti

प्रतिक्रिया

सम्बन्धित