ग्रामीण क्षेत्रमा बिप्लबको चन्दा आतंक , सिंहदरबार प्रवेशमा सरकारको कडाइ

biplab

 काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेकपा विप्लव समुहका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गर्न थालेपछि विप्लव नेतृत्वको नेकपा पनि आक्रमक बन्दै गएको छ ।

 विप्लव नेतृत्वको नेकपाले  ग्रामीण क्षेत्रमा आक्रमक गतिविधि अघि बढाउन थालेको छ । विप्लव समूहको चन्दा आतंककै कारण नवलपरासीको दुर्गम बुलिंटार गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित तीन कर्मचारीले गाउँपालिका छाडेका छन् ।

 चन्द समूहका वीरगञ्ज इन्चार्जका नामबाट गाउँपालिकामा नगद चन्दा माग गरेका छन् । चैत १४ गतेभित्र पार्टीलाई रकम  बुझाउनु पर्ने भन्दै मिति तोकिएपछि त्रसित बनेका कर्मचारीले गाउँपालिका छाडेका हुन् । चन्द समूहले पूर्वी नवलपरासीका सबै स्थानीय तहमा तोकेरै चन्दा माग गरेको पत्र थमाएका छन् ।

 सरकारले विप्लवका नेता तथा कार्यकर्ता धमाधम पक्राउ गर्नु र विप्लवले स्थानीय तहका जनप्रतिनिधिलाई गाउँबाट खेदाएका समाचार बाहिर आइरहेका बेला सिंहदरबार प्रवेशमा सरकारले कडाइ गरेको छ। आइतबार सिंहदरबार प्रवेश गर्दा कडाइ गरिएको छ । 

 सुरक्षा चुनौती रहेको भन्दै सिंहदरबार प्रदेशमा प्रहरीले कडाइका साथ चेकजाँच र खानतलासी गरेको छ । सरकारी कर्मचारीको पोसाक लगाएका कर्मचारीहरुलाई समेत प्रहरीले चकेजाँच र झोला खानतलासी गरेको छ । अन्य दिन परिचयपत्र वा पास देखाएर सिहदरबार प्रवेश पाउने कर्मचारीलाई आज आइतबार भने प्रहरीले कडा चेकजाँच मात्र गरेन झोला समेत खानतलासी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित