धर्मका लागि जनमत संग्रह हुनुपर्ने अभिव्यक्ति दिएको छैन : कोइराला

sashank koirala

   काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस महामन्त्री शंशांक कोइरालाले कांग्रेस स्वतन्त्र धर्मको पक्षमा रहेको बताएका छन् । विभिन्न सञ्चारमाध्यमहरुमा कोइरालाले हिन्दू धर्मका लागि जनमत संग्रह हुनुपर्ने अभिव्यक्ति दिएका समाचार आएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

प्रेस युनियन गुलरियाले आज आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने–‘धर्म निरपेक्षता राख्ने कि नराख्ने भन्ने विषयमा जनमत संग्रहको कुरा गरेको छैन । पत्रकारले होलीका समय के सोधे मैले बुझ्दै बुझिन, संघियता, धर्म निरपेक्षता हाम्रो उपलब्धि भएको चितवनमा आएर भनेको हुँ ।’

उनले कांग्रेसको चार तारे झण्डा अन्तरगत एक ताराको अर्थ स्वतन्त्र धर्म भएको पनि बताए । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीसँग वार्ता गर्न आवश्यक भएको बताउँदै उनले भने–‘‘उनीहरुको पार्टीलाई आतंककारी भन्दै प्रतिबन्ध गर्दा समस्या समाधान हुँदैन । वार्ता नै समस्याको समाधान गर्ने एकमात्र उपाय हो ।’

प्रतिक्रिया

सम्बन्धित