रविलाई नवप्रतिभा सम्मान

ravi

   काठमाडौं । कैलाली उद्योग बाणिज्य संघले दोस्रो नेपाल आइडल रवि वडलाई सम्मान गरेको छ । सुदूरपश्चिम महोत्सव २०७५ को अवसरमा वडलाई नवप्रतिभा सम्मानद्वारा सम्मान गर्ने कार्यक्रम भए पनि उपस्थित हुन नसकेपछि रविलाई आइतबार सम्मान गरिएको संघका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिए ।

अध्यक्ष कुँवरले आगामी दिनमा प्रत्येक वर्ष आयोजना हुने सुदूरपश्चिम महोत्सवमा सुदुरपश्चिममा रहेका प्रतिभाहरुलाई प्रोत्साहन स्वरुप सम्मान गर्दै लैजाने संघको उद्देश्य रहेको बताए । सम्मानित भएपछि नेपाल आइडल रवि वडले संघलाई धन्यबाद दिदै गर्ब लागेको बताए ।

प्रतिक्रिया

सम्बन्धित