सरकारले नै विप्लवलाई उत्तेजित बनाएको प्रतिपक्षको आरोप

nepali congress_1]

   काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएर झन् उत्तेजित बनाउने काम गरेको आरोप लगाएको छ । सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले विप्लव समूहलाई प्रतिबन्ध लगाउनु बेठीक भएको ठहर गरेको प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।

त्यसैगरी बैठकले विप्लव समूहलाई हत्या हिंसा र हतियारको राजनीति छाडेर शान्तिपूर्ण राजनीतिमा आउन आग्रह गरेको छ ।

संसदको हिउँदे अधिवेशनमा प्रधानमन्त्री र मन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सुरु भए पनि प्रभावकारी नभएको पनि कांग्रेसको ठहर छ ।

प्रतिक्रिया

सम्बन्धित