चाल्नाखेलमा बस दुर्घटना हुँदा ३५ जना घाइते

accident

   काठमाडौं । काठमाडौंको दक्षिणकालीबाट रत्नपार्कतर्फ आउँदै गरेको बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् । जसमध्ये ३ को अवस्था गम्भीर छ । ना३ख १४४४ नम्बरको यात्रुवाहक बस मंगलबार बिहान ६ः३० बजे चाल्नाखेल नजिकै दुर्घटना भएको हो ।

प्रहरी कार्यालय, फर्पिङका प्रहरी निरीक्षक राजाराम खड्काका अनुसार, घाइतेहरूलाई मनमोहन र वयोधा अस्पताल पठाइएको छ । १ जना घाइतेलाई भने मनमोहन अस्पतालले ट्रमा सेन्टरमा रिफर गरेको जनाइएको छ ।

बस घुम्ती सडकमै पल्टिएको छ । दुर्घटनाको कारण नखुलेको र चालक फरार रहेको प्रहरी निरीक्षक खड्काले बताए । दुर्घटनाबारे अनुसन्धान थालिएको इन्सपेक्टर खड्काले बताए ।

प्रतिक्रिया

सम्बन्धित