चाकु जलविद्युत आयोजनामा सिलिण्डर बिस्फोट हुँदा चार जनाको मृत्यु

sundhupalchok

   काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित सिल्डुङमा निर्माणाधिन माथिल्लो चाकु जलविद्युत आयोजनाको स्टोरमा बिस्फोट हुँदा चार जनाको मृत्यु भएको छ।

आयोजनाको ठेकेदार कम्पनी सिआरसीको क्याम्पको स्टोरमा सोमबार साँझ भएको बिस्फोटमा परी स्टोर किपर हुम्लाका सन्दुप लामा, साइट इन्चार्ज दोलखाका भाइकाजी शेर्पा, ठेकेदार गोपाल शेर्पा र अर्का एक जना बेल्डिङ मिश्रीको ज्यान गएको प्रहरीले जनाएको छ।

सिन्धुपाल्चोकका प्रहरीको प्रारम्भिक अनुसन्धानमा ग्यास सिलिण्डर बिस्फोट भएर दुर्घटना भएको हुनसक्ने बताइएको छ । तर, स्थानीयबासी भने ग्यास सिलिण्डर नभइ सुरूङ बिस्फोट गराउन राखिएको बिस्फोटक पदार्थ पड्किएको हुनेसक्ने बताउँछन् । प्रहरीले घटनाको बारेमा अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित