बैंकलाई उपयोग गर्न नजान्दा बैंकिङ पँहुचभन्दा बाहिर जनता

काठमाडौं : नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले पैसा, वित्तीय संस्था र बैंकलाई उपयोग गर्न नजान्दा अहिले सम्म ६० प्रतिशत जनता बैंकिङ पँहुचभन्दा बाहिर रहेको उनले स्पष्ट पारेका छन् । पश्चिम पाल्पाको रैनादेवी गाँउपालिकाको छहरामा आज सिटीजन्स बैंकको ६० औँ शाखा उद्घाटन गर्दै गभर्नर नेपालले नेपाली जनताले पैँसा र बैंकलाई बुझ्न नसक्दा युवाहरु विदेशिनु परेको बताए । मुलुकमा प्रसस्त सम्भावना र अवसर हुदाँहुदैँ पनि युवाहरु विदेशिँदा देशको विकास हुन नसकेको गभर्नर नेपालको भनाई थियो । अब छिट्टै नै गाउँ–गाउँमा बैंकिङ सेवा पु¥याईने भन्दै गभर्नर नेपालले स्थानीयलाई वित्तीय संस्थालाई उपयोग गरी कृषि, पशुपालन, फलफूलजस्ता क्षेत्रमा लगानी गरी काम गर्न आग्रह गरे । ‘सरकारले सबै स्थानीय तहका केन्द्रमा वित्तीय सुविधा तथा पहुँच पु-याउने नीति अनुरुप ७ सय ४४ मध्ये १२५ केन्द्रमा बैंकिङ सेवा पुग्न बाँकी रहेकोमा केही समय भित्र सबै ठाँउमा पु-याईन्छ ।’–उनले भने । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले सिटीजन्स निक्षेप भन्दा कर्जामा बढी लगानी गर्ने बैंक भएकोले जनताको आयआर्जनमा बृद्धि गराउने बैंक भएको दावी गरे । कार्यक्रममा कृषि विकास बैंकका सिर्इओ लिला प्रकाश सिटौलाले सीप र जाँगर भएका जनता अब पैसा विना कुनैपनि काम गर्नबाट रोकिन नपर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित