बमजनविरुद्ध पश्चिमा र क्रिश्चियनहरूको षड्यन्त्र, किन प्रमाणित भएन यौन शोषणको आरोप ?

काठमाडौं । अनुयायीमाथि यौन शोषण गरेको आरोपमा पटक–पटक विवादमा तानिएका लिटिल बुद्धका नामले परिचित रामबहादुर बमजनविरुद्ध यूरापियन यूनियन र अमेरिकनहरूले षड्यन्त्र शुरु गरेका छन् । बमजनका मानवीय त्रुटि भए पनि उनलाई लगाइएका आरोपहरू धेरै झुट रहेको देखिएको छ ।
उनलाई सिध्याउन यूरोपियन यूनियन योजनाबद्ध तरिकाले भित्रैदेखि सक्रिय भएको रहस्य बाहिर आएपछि धेरैको होस उडेको छ । बमजनले जान–अञ्जानमै शुरु गरेको बुद्ध बन्ने प्रयासलाई यूरोपियन यूनियन र अमेरिकनहरूलाई मन परेको थिएन ।
बमजनको गतिविधिबाट पश्चिमा राष्ट्र र क्रिश्चियनहरूलाई टाउको दुःखाइ बन्दै आएको थियो । बमजनको कमजोरीलाई देखाएर उनको चरित्र हत्या गरी एक हदसम्म पश्चिमा राष्ट्र र क्रिश्चियन संघ संस्थाहरू सफल भए पनि त्यो सफलता भने धेरै दिन टिक्ने अवस्थामा छैन ।
नेपालमा क्रिश्चियन गतिविधिमा बमजन बाधक बनेका थिए । अहिले पनि बाधक छन् । बमजनले जानेर क्रिश्चिनय धर्मविरुद्ध कुनै पनि गतिविधि गरेका थिएनन् र छैनन् । तर, बमजनको कार्यबाट प्रभावित भएका जनजातिहरू क्रिश्चियन बन्न अस्वीकार गरिदिएपछि समस्या यहीबाट उत्पन्न भएको हो ।
क्रिश्चियन बनेकाहरू पनि पुनः बमजनको लिटिल बुद्धमा समावेश भएका छन् । बमजनको यो कार्यको नेपालमा ठूलो लगानी गरेका क्रिश्चियनहरूलाई मन परेको थिएन । बमजन मन नपरेपछि उनलाई खेदो खन्न शुरु गरेका थिए । बमजनविरुद्ध घृणा फैलाउने कार्य पनि भएका छन् ।
अमेरिकन र यूरोपियन यूनियनको पैसाबाट सञ्चालित संघ संस्थाको योजनामा चार महिना लगाएर बमजनविरुद्ध स्टिङ अप्रेशन गरिएपछि क्रिश्चियनहरूको रहस्य बाहिर आएको छ ।
नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) ले बमजनविरुद्ध हत्या र बलात्कारमा छानविन गरिरहेपनि अहिलेसम्म कुनै प्रमाण भेट्टाउन सकेको छैन । बमजनविरुद्ध कारबाहीको माग गर्दै संसदमा समेत आवाज उठेको थियो । ‘रामबहादुर बमजनको कार्यबाट प्रभावित भएकाहरू क्रिश्चिन धर्म मान्न तयार भएनन्’,स्रोतले भन्यो, ‘क्रिश्चियन भैसकेकाहरू पनि फेरि बौद्ध धर्ममा फर्किएपछि पश्चिमा राष्ट्र र क्रिश्चियन संस्थाहरू बमजनको चरित्र हत्या गर्न सक्रिय भएका हुन् ।’
क्रिश्चियनहरूले नेपालमा आफ्नो निशासना गरिव जनता, आदिवासी जनजाति र दलितहरूलाई बनाउँदै आएका छन् । यो समूह नै बमजनप्रति आकर्षित भएपछि क्रिश्चियन गतिविधिमा बाधक भएको ठानेर सिध्याउने खेलामा लागेको रहस्य बाहिर आएको छ । होइन भने बमजनविरुद्ध यति ठूलो राशि रकम खर्च गरी किन फेक रिपोर्ट बनाइयो भन्ने प्रश्न अहिले उठेका छन् । कि त उनी दोषी हुन् भनेर छानविन गर्ने निकायले प्रमाणित गर्न सक्नु प-यो । (यूनाइटेड पोस्ट साप्ताहिक )

आजको मौसम : देशका पहाडी भूभागका चट्याङ्गसहित वर्षाको सम्भावना
_W8QOkFo7gR_xcziiggy1mvdde4pu7przgsfjxcom5yhhiaixcblui9gy6k4z9wl16uu16f7_V5XndIZWCr_wjhbbhfqwtcibgefhsxy9c57amur376hb3juc02egwd3sevenednlip9slka.jpg)
मिथिला माध्यमिकी परिक्रमा आज औरही पुग्दै
%2520(1)_sVEf8TA7QT_b5b1w5lr4j8emdsfexlp8dcesv8xfzjj1c4kblqqsskmedaksg7mje8six0p_i23WqiVuWU_xvmtlgd2hu7jc6n8wiyaf07hwgma0xujqnckriymdmxauwooqgsfih1yimav.jpg)
सडकमा फोहोर गरेको भन्दै राप्रपालाई काठमाडौं महानगरद्वारा एक लाख जरिवाना
_CFTBqhIJUX_patxejnuv40mokmh51lliolvlmmzxrllxp4zjjzhv3nogjinlzzbyuqynyax_bkU3oXviSm_t4eeomftyt0odxyv1hq75cef5idjpkjaie46fnmf01zx0f6u2q41gnbsh68d.jpg)
यो संविधान कुनै व्यक्तिले दिएको होइन : प्रधानमन्त्री

मौसम पूर्वानुमान : तीन प्रदेशमा वर्षाको सम्भावना
_dAQ8FYTC0u_r3he5yl2zwhqwv2aqb23aahqajt0pbxl0tut3hvrdnlinxr8n9vqmfp3euds_6zwscFuTh6_qljrcl7qlrd6gdhrdvkeb4yp4aiyy8o87bl8s5ufil71raxxk6buikxb4orr.jpg)
काठमाडौंमा पूर्वराजा ज्ञानेन्द्रको स्वागत, समर्थकले लगाए चर्का नारा
%2520(11)_ISoOo4IqGT_ciyrnxl7qpkkz2rkdpswc5zuqfmfqazbdhzvt1u6xf4o4uibek4nkpiwkrh4_LCVsRpFDPU_llw2qft28lwk2i5tiiohwjn55cusmaighela6aya6kqyjnerxveecxbwlq4x.jpg)
चीनको शेन्जेन क्षेत्रमा रोबोटिक्स क्रान्ति
%2520(2)_Eewmb59cgN_uqom5jfdvlhyd78olb4tgdjqjuggd20ypysr6vvyxeeyjabylxaipbwuaedp_ZPRAS1EOA1_pr9a6ghf5ixkqhyy3pxs7j1twvtrpgbilaj8hidz2yu7ba8fv171rd4euebt.jpg)
प्रतिक्रिया