अवैध भारु बोक्नेलाई प्रहरीले पक्राउ गर्दा बढि रकम असुल्ने मेनपावर व्यवसायी विभागको फन्दामा

काठमाडौं : प्रहरीले अवैध भारुसहित दुई जनालाई पक्राउ गर्दा वैदेशिक रोजगार विभागले विदेश जाने व्यक्तिसँग तोकिए भन्दा बढी शुल्क उठाउँदै गरेका एक म्यानपावरका कर्मचारीलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखा टेकुले हजार र पाँच सय दरका प्रतिबन्धित भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका–१५ अन्नपूर्ण चोक क्षेत्रमा अवैध भारु बोकेर हिँडिरहेका बाँकेका कृष्णकुमारी शर्मा र गोरखाका अर्जुन भण्डारीलाई शनिबार पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखा टेकुले जनाएको छ । उनीहरुबाट बरामद अवैध भारु ६८ लाख २० हजार रहेको महाशाखामा आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको छ । पक्राउ परेकामाथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । यता, विभागले भने सिनामंगलस्थित सिद्धग्लोबल म्यानपावरका कर्मचारी भीष्म अधिकारीलाई पक्राउ गरेको हो । आइतबार विभागले सो म्यानपावरमा छापा मारेको थियो । अधिकारी विदेश जाने दुई जना कामदारसँग १ लाख ८० हजार रुपैयाँ उठाउँदै गर्दा पक्राउ परेका हुन् । अधिकारी दुई जना कामदारलाई मलेसिया पठाउने भनी ८०/८० हजार रुपैयाँ लिँदै गर्दा रंगेहात समातिएका हुन् । ती कामदारले यसअघि पनि म्यानपावरलाई २०/२० हजार बुझाइसकेका थिए । विभागले सिद्धग्लोबल म्यानपावर सञ्चालक शंकरप्रसाद आचार्यलाई पनि खोजी गरिरहेको छ । विभागले कर्मचारी पक्राउ गरेपछि म्यानपावरको कारोबार रोक्का गरेको छ । विभागले मलेसियासहित ६ खाडी देशमा फ्री भिसा र फ्री टिकेटको नीति लिएको छ । म्यानपावरले १० हजारभन्दा बढी शुल्क लिन पाउँदैनन् । तर, कामदारसँग लाखौं शुल्क लिने क्रम झन् बढ्दै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित