विकास निर्माणमा कसैसँग पनि सम्झौता हुँदैन : सांसद बस्नेत

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता महेश बस्नेतले आर्थिक अभावका कारण कुनै पनि विकासका काम प्रभावित हुन नदिने दोहोर्याएका छन् । बालकोट ढल निर्माण तथा सरसफाइ उपभोक्ता समितिको छैटौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै सांसद बस्नेतले विकासमा कसैसँग पनि सम्झौता नगर्ने दोहोर्याएका हुन् ।
प्रतिनिधिसभा सदस्य समेत रहेका युवा नेता बस्नेत स्थायनीयसँग हातमा हात मिलाएर भक्तपुरको विकास निर्माणमा क्रियाशिल छन् । हनुमन्ते नदि सफाई अभियान, करिडोर निर्माण, भक्तपुरमा प्राणी उद्यन, अन्तर्राष्ट्रिय सभा हल, अरनीको राजमार्ग सफाई अभियान, सडक निर्माण, ढल व्यवस्थापन, भक्तपुरको जाम नियन्त्रण तथा स्थानीय स्तरमा हुने हरेक विकासका काममा बस्नेत सक्रिय भएर लागेका छन् ।
कार्यक्रममा बोल्दै उने विकास, सुशासन, समृद्धि र पारदर्शिता आजको अपरिहार्यता रहेको भन्दै देशको मुहार फेर्ने पालो आफूहरुको रहेको दावी गरे । विकास निर्माणमा देखिएका समस्याहरुलाई समाधान गर्दै अघि बढेर सरकारको चाहना अनुसार ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा सफल बनाउन सबै एकजुट हुनुपर्नेमा जोड दिए ।
उनले भने–‘तपाईहरु अहिले निराश होइन उत्साहित हुनु पर्छ । स्थानीय स्रोत, साधन र शक्तिको प्रयोग गरी एक पछि अर्को गर्दै विकासमा फड्को मार्नुपर्छ । यसका लागि तपाईहरुको साथ दिनुपर्छ ।’
डोलेश्वर महादेब सिपाडोलको शक्ति र विकासको आधारमात्र नभई स्थानीय ठाउँको मूहार फेर्ने मेरुदण्ड भएको बताउँदै सांसद बस्नेतले भक्तपुर रहेका सांस्कृतिक र प्रकृतिक सम्पदाको संरक्षण्मा पनि जोड दिए ।
कार्यक्रममा बोल्दै उनले ढल व्यवस्थापनका लागि अघिल्लो वर्ष दुई करोड ३८ लाख बजेट ल्याउन सफल भएको जानकारी गराउँदै चारदोबाटोबाट बालकोट जाने सडकमा पाँच करोडको लागतमा टेण्डरको प्रकृया अघि बढेको, गणेश प्रा.वि हुँदै आउने सडक टेण्डरको प्रकृयामा रहेको तथा बालकोटबाट रानीकोट सम्मको सडकका लागि अन्तिम सर्भे भइसकेको जानकारी गराए । ्
त्यसैगरीदक्षिण बाराहीदेखि पानिट्याङ्कीको सडक प्रदेश सरकारले पाँच करोडको व्यवस्थापन गरेको तथा पाँच करोड भन्दा माथिका पाँचवटा सडकका काम अघि बढेको जानकारी गराउँदै उपत्यका प्राधिकरणको आयोजनामा बालकोटमा मात्र १३ वटा साना सडक निर्माणको प्रकृयामा रहेको बताए ।

आजको मौसम : देशका पहाडी भूभागका चट्याङ्गसहित वर्षाको सम्भावना
_W8QOkFo7gR_xcziiggy1mvdde4pu7przgsfjxcom5yhhiaixcblui9gy6k4z9wl16uu16f7_V5XndIZWCr_wjhbbhfqwtcibgefhsxy9c57amur376hb3juc02egwd3sevenednlip9slka.jpg)
मिथिला माध्यमिकी परिक्रमा आज औरही पुग्दै
%2520(1)_sVEf8TA7QT_b5b1w5lr4j8emdsfexlp8dcesv8xfzjj1c4kblqqsskmedaksg7mje8six0p_i23WqiVuWU_xvmtlgd2hu7jc6n8wiyaf07hwgma0xujqnckriymdmxauwooqgsfih1yimav.jpg)
सडकमा फोहोर गरेको भन्दै राप्रपालाई काठमाडौं महानगरद्वारा एक लाख जरिवाना
_CFTBqhIJUX_patxejnuv40mokmh51lliolvlmmzxrllxp4zjjzhv3nogjinlzzbyuqynyax_bkU3oXviSm_t4eeomftyt0odxyv1hq75cef5idjpkjaie46fnmf01zx0f6u2q41gnbsh68d.jpg)
यो संविधान कुनै व्यक्तिले दिएको होइन : प्रधानमन्त्री

मौसम पूर्वानुमान : तीन प्रदेशमा वर्षाको सम्भावना
_dAQ8FYTC0u_r3he5yl2zwhqwv2aqb23aahqajt0pbxl0tut3hvrdnlinxr8n9vqmfp3euds_6zwscFuTh6_qljrcl7qlrd6gdhrdvkeb4yp4aiyy8o87bl8s5ufil71raxxk6buikxb4orr.jpg)
काठमाडौंमा पूर्वराजा ज्ञानेन्द्रको स्वागत, समर्थकले लगाए चर्का नारा
%2520(11)_ISoOo4IqGT_ciyrnxl7qpkkz2rkdpswc5zuqfmfqazbdhzvt1u6xf4o4uibek4nkpiwkrh4_LCVsRpFDPU_llw2qft28lwk2i5tiiohwjn55cusmaighela6aya6kqyjnerxveecxbwlq4x.jpg)
चीनको शेन्जेन क्षेत्रमा रोबोटिक्स क्रान्ति
%2520(2)_Eewmb59cgN_uqom5jfdvlhyd78olb4tgdjqjuggd20ypysr6vvyxeeyjabylxaipbwuaedp_ZPRAS1EOA1_pr9a6ghf5ixkqhyy3pxs7j1twvtrpgbilaj8hidz2yu7ba8fv171rd4euebt.jpg)
प्रतिक्रिया