समयमै गुणस्तरीय काम सम्पन्न गर्न ठेकेदारलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले निर्माण व्यवसायीहरुले समयमै गुणस्तरीय काम सम्पन्न गर्न आग्रह गरेका छन् । शनिवार  नेपाल निर्माण व्यवसायी महासंघको १९ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री  देउवाले विकासका लागि सरकार निजी क्षेत्रसँग हातेमालो गर्दै अघि बढन प्रतिवद्ध रहेको स्पष्ट पारे । प्रधानमन्त्री देउवाले  सार्वजनिक खरिद ऐन तथा नियमावलीलाई समसामयिक सुधार गर्दै लैजान सरकार तयार रहेको पनि बताए ।

 प्रधानमन्त्री देउवाले निर्माण व्यवसायीहरुको व्यवसायिक दक्षता र क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको पनि बताए ।

  कार्यक्रममा  वाणिज्य मन्त्री मिनबहादुर विश्वकर्माले मुलुकमा स्रोत, साधन र लगानीको अभाव नभएको उल्लेख गर्दै आवश्यक परे प्रविधि भित्रयाएर भएपनि विकास निर्माणको कामलाई तीव्र गतिमा अघि बढाउनुपर्नेमा पनि जोड दिए । सिंचाई मन्त्री सञ्जयकुमार गौतम, भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सिता गुरुङलगायतका वक्ताहरुले विकास निर्माणको काम समयमै सम्पन्न गर्न निर्माण व्यवसायीहरुको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित