हावाहुरीबाट प्रभावित नागरिकका लागि एक्सपर्टको रक्तदान कार्यक्रम

ekpertn

 चितवन । बिनाशकारी हावाहुरीबाट बारा र पर्सा जिल्लाका प्रभावित नागरिकका लागि चितवनमा १ सय २ जनाले रक्तदान गरेका छन् ।

 हिजो भरतपुरको चौविसकोठीमा एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज र युथ फर ब्लडको संयुक्त आयोजना गरिएको रक्तदान कार्यक्रममा रक्तदान गर्ने युवाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

 एक्सपर्टले आफ्नै कार्यालय अगाडि भरतपुर ओरालोमा रक्तदान कार्यक्रमको आयोजना गरेको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले जनाएको छ  ।

 

प्रतिक्रिया

सम्बन्धित