कांग्रेसले दिने भयो हावाहुरी प्रभावितलाई २५ लाख

sher_1

   काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार रातीको हावाहुरीबाट प्रभावितहरुलाई २५ लाख रुपैयाँ सहयोग गर्ने बताएका छन् । बारा र पर्साको हावाहुरी प्रभावित स्थानमा पुगेका देउवाले प्रभावितहरुलाई सहयोग गर्न सरकारी राहत कोषमा कांग्रेसले २५ लाख दिने निर्णय गरेको केन्द्रीय सदस्य फर्मुल्लाह मन्सुरले जानकारी दिए।

मंगलबार बिहान देउवा वीरगञ्जको नारायणी अस्पताल र नेशनल अस्पताल पुगेर हावाहुरीका कारण घाइते भएकाहरूलाई भेटेका थिए। त्यसरपछि बाराको फेटा गाउँपालिका, भरवलिया र पुरैनिया गाउँ गएका थिए। उनले नेपाली कांग्रेसका पीडितलाई सहयोग र राहतलाई सहयोग गर्न निर्देशन दिए।

हुरीबाट प्रभावितहरूलाई भेटेर देउवाले आफूहरूले सक्दो सहयोग गर्ने बताएका थिए। मन्सुरका अनुसार केन्द्रबाट २५ लाख र २ नम्बर प्रदेशको कांग्रेस संसदीय दलले छुट्टै १० लाख राहत कोषमा जम्मा गर्ने घोषणा गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित