प्रदेश २ एसईई परीक्षाः प्रहरीबाटै प्रश्नपत्र आउट

see-exam
    काठमाडौं । गत १४ र १५ गते भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत विज्ञान र सामजिक विषयको प्रश्नपत्र बाहिरिएको विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले गरेको प्रारम्भिक अनुसन्धानमा प्रहरीकै संलग्नता देखिएको आशंका गरेको छ । प्रश्नपत्र बाहिरिएको विषयमा छानविन गरिरहेको सिआईबीले प्रदेश २ मा भएको यो घटनामा प्रहरीकै संलग्नता हुनसक्ने आशंका गरेको स्रोतको दावी छ ।

प्रश्नपत्र बाहिरिएलगत्तै राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश २ सरकार र सीआईबीले छुट्टाछुट्टै छानबिन गरिरहेका छन् । तर, सीआईबीले भने प्रहरीकै संलग्नतामा प्रश्नपत्र बाहिरिएको भन्दै दुई प्रहरी जवानलाई नियन्त्रणमा लिएसँगै प्रहरीकै संलग्नता भएको देखिएको एक प्रहरी अधिकारी बताउँछन् ।

सीआईबीले सिरहाको इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत दुई प्रहरी जवान ब्रह्मदेव सुनरैत र दीपेन्द्रकुमार मण्डललाई नियन्त्रणमा लिएको छ ।

सीआईबीले नियन्त्रणमा लिएका दुई प्रहरीमध्ये एक परीक्षार्थी पनि हुन् भने अर्का प्रश्नपत्रको तस्बिर खिच्न संलग्न थिए ।
उनीहरू दुवै कार्यरत इलाका प्रहरी कार्यालय कल्याणपुरमा जनता मण्डल मावि बनिनिया र रादु मावि कल्याणपुरको प्रश्नपत्र राखिएको थियो ।

उक्त घटना लगत्तै शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले १५ गते राति पत्रकार सम्मेलन गर्दै प्रश्नपत्र चुहावट आपराधिक काम भएको बताउँदै प्रदेश २ का बाँकी सबै परीक्षा स्थगित गरिएको बताएका थिए । भने सोहि दिन नै केन्द्रीय परीक्षा समन्वय समितिको बैठकले प्रश्नपत्र चुहावटबारे अनुसन्धान गर्न गृह मन्त्रालयमार्फत सीआईबीलाई अनुरोध गरेका थिए ।

लगत्तै सीआईबीको टोली अनुसन्धान गर्न प्रदेश २ पुगेको थियो ।परीक्षा बोर्डले प्रदेश २ मा आगामी २२ गतेबाट बाँकी विषयको परीक्षा गर्दैछ ।

प्रतिक्रिया

सम्बन्धित