अखिल क्रान्तिकारीको अध्यक्षमा तामाङ बिजयी हुँदा गृहमन्त्रीलाई धक्का

काठमाडौं। नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्षमा रंजित तामाङ  बिजयी भएका छन् । अध्यक्षका प्रत्यासी अनिल शर्मालाई १२ मतले पराजीत गर्दै तामाङ अध्यक्ष भएका छन् ।तामाङ माओवादी नेता बर्षमान पुन निकट हुन् भने  शर्मा गृहमन्त्री जनार्दन शर्माका भाइ हुन् ।

अनिलको हारले गृहमन्त्री शर्मालाई धक्का लागेको छ । किनकी अनिललाई जिताउन गृहमन्त्री शर्माले ठुलो कसरत गरेका थिए ।महासचिवमा उत्तम अधिकारी बिजयी भए ।

उपाध्यक्षहरुमा सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, दिपक देवकोटा र विजय गौतम विजयी भएका छन् । उनीहरु खुलातर्फबाट उपाध्यक्ष चुनिएका हुन् । यसैगरी महिला उपाध्यक्षमा पञ्चा सिंह, जनजाति उपाध्यक्षमा दिपेश पुन र मधेशी उपाध्यक्षमा रविकिरण यादव विजयी भएका छन् । महासचिवमा उत्तम अधिकारी निर्वाचित भए । उपमहासचिव जीपी मैनाली, तुकमान महरा निर्वाचित भएका छन् । उपमहासचिवमा आशा तमु यसअघि नै महिला कोटाबाट निर्विरोध भइसकेकी छिन् । कोषाध्यक्षमा केशव रावल विजयी भएका छन् । खुला सचिवमा डीबी साउद र नरेश रेग्मी तथा महिला सचिवमा गंगा दाहाल विजयी भएका छन् । विभिन्न क्लष्टरहरुबाट अखिल क्रान्तिकारीका १६ जना सचिव चुनिएका छन् । क्रान्तिकारीको सम्मेलन भदौ ७ गते सुरु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित