हिउँपहिरोमा बेपत्ता ३ जनाको खोजीका लागि प्रहरी घटनास्थल जान सकेन

himal

  काठमाडौं । माथिल्लो डोल्पामा गएको हिउँपहिरोमा परी १७ गतेदेखि ३ तीर्थयात्री बेपत्ता छन् । पाँच दिनदेखि तीर्थयात्री हराइरहे पनि अझैसम्म उनीहरूको खोजी कार्य सुरू हुन सकेको छैन ।

माथिल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–३ मा पर्ने क्रिष्टल माउन्टेनमा फुर्वा ठिन्ल्या गुरुङ, पेमा कुन्साङ गुरुङ र फुन्छोक गुरुङ वेपत्ता भएका हुन् ।

डोल्पा प्रहरी प्रमुख अवदेश कुमार विष्टले १७ गतेदेखि तीन जना हराइरहेको जानकारी आए पनि खोज्न सक्ने अवस्था नभएको बताएका छन् ।

डोल्पा सदरमुकामबाट हिँडेर घटनास्थल पुग्न ६ दिन लाग्छ । भारी मात्रामा हिउँ परेकाले घटनास्थलमा जान नसकिएको डीएसपी विष्टको भनाइ छ । अहिले जाँदा फेरि अर्को दुर्घटना निम्तिन सक्ने भन्दै उनले हिउँ नपग्लिएसम्म खोज्न जान नसकिने बताए ।

हिउँ परेको बेला क्रिष्टल माउन्टेन परिक्रमा गर्दा पुण्य कमाइन्छ भनेर उनीहरु त्यसतर्फ गएको बुझिएको छ । क्रिष्टल माउन्टेनलाई दोस्रो कैलाश पर्वत पनि भनिन्छ ।

प्रतिक्रिया

सम्बन्धित