खर्वुजाको नेतृत्वमा पातन्जल योग साधना केन्द्र विस्तार

Patanjal

भक्तपुर ।

भक्तपुरमा योग जागरणका साथ शुरु गरेको विशेष अभियानबाट पातञ्जल योग समिति नेपाल भक्तपुर शाखाले चाँगुनारायणमा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालको प्रमुख आतिथ्यता एवं नेपाल महिला संघ भक्तपुरका अध्यक्ष एवं नेपाली काग्रेसको नेतृ सरु बाँनियाको विशेष आतिथ्यतामा बारुदखाना योग साधना केन्द्रको समुद्घाटन गरेको छ ।


कार्यक्रमका विच लक्ष्मी खर्वुजाको अध्यक्षतामा उपाध्यक्ष पृथ्वी सैजु,सचिव निर्जला पौडेल,कोषाध्यक्षमा लक्ष्मी माताङ्ग,सदस्यहरुमा खिना निरौला,रन्जु गिरी,गंगामाया अधिकारी,संगीता थापा मगर,जमुना उप्रेती रहेको बारुदखाना योग साधना केन्द्र सर्वसम्मत रुपमा गठन गरेको हो । साथै सो केन्द्रलाई प्रभावकारी रुपमा सञ्चालन गर्न गोल्डेन सुनगाभा बोर्डिङ्ग स्कूलका अध्यक्ष,सफल व्यवसायी एवं पातञ्जल योग समिति नेपालका केन्द्रिय सल्लाहकार लिला निरौलाको संयोजकत्वमा हिक्मत सिंह लेकाली,सोम प्रधान,उमेश प्रधान,बलराम सुवाल,गगन तामाङ्ग,शिवहरि आचार्य,सिताराम अधिकारी,नवराज काफ्ले रहेको एक सल्लाहकार समिति समेत गठन गरेको छ ।


उद्घाटन सत्र चलिरहँदा जिल्ला समन्वय समिति भक्तपुका प्रमुख नवराज गेलालले योग साधना केन्द्र खोलिने तर निरन्तरता नहुने परिपाटीलाई नदोर्याउन पातञ्जल योग समितिलाई आग्रह गर्दै योग जागरण अभियानमा पातञ्जल योग समिति नेपालको क्रियाशिलता एवं संस्थाको प्राप्त उपलब्धि प्रति खुलेर प्रशंसा गरेका थियो ।


त्यसैगरि नेपाली काँग्रेसका नेतृ सरु बाँनियाले पातञ्जल योग समिति नेपालको विषयमा संस्थाको विरुद्धमा बाहिर फैलाईएका विषय वस्तुहरु गलत रहेको , आजको कार्यक्रमबाट आफु प्रष्ट भएको र आजका दिन देखि आफु पनि पातञ्जल योग समिति नेपालको अभियानमा सँग समन्वय र सहकार्यका साथ नियमित योग साधनामा लाग्ने बताइन् ।
पातञ्जल योग समिति नेपालका केन्द्रिय अध्यक्ष सुर्दशन सुवेदीले संस्थाले स्थापनाको छोटो अवधिमा नेपालभर योगीक र सांगठनीक गतिविधिमा महत्वपूर्ण उपलब्धिहरु हासिल गर्दै अगाडी बढीरहेको प्रष्ट पार्दै साधना केन्द्र व्यवस्थापन समितिमा सर्वसम्मत चयन नेतृत्वलाई बधाई एवं शुभकामना व्यक्त गरे ।


गोल्डेन सुनगाभा बोर्डिङ्ग स्कूल व्यवस्थापन समितिका अध्यक्ष लिला निरौलाको सभापतित्वमा भएको साधना केन्द्र एवं छैटौ दिनको योगजागरण अभियान उदघाटन कार्यक्रमको सञ्चालन पातञ्जल योग समिति नेपालका जिल्ला सह सचिव श्रृजना मल्ल ठकुरीबाट गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित