झण्डामा बेरेर द वर्ल्ड कल्चरकाे सोफामुनि कसले राख्यो बम ?

bumb_1

   काठमाडौं । बसुन्धाराको एक घरको सोफामुनी बम फेला परेको छ । ओइसिस क्याफेसँगै जोडिएको घरमा भेटिएको सकेट बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ।

कोठाभित्र झन्डामा बेरेर राखेको बम नेपाली सेनाको टोलीले रंगको बाल्टिनमा बोकेर बाहिर ल्याएको थियो। बाल्टिनमा ल्याएको बम सेनाले सडक छेउमा सुरक्षित डिस्पोज गरायो।

द वर्ल्ड कल्चर आर्ट एसोसिएसन अफ नेपालको कार्यालयभित्र बम भेटीएपछि प्रहरीले कार्यालयका पाँच जना मानिसलाई नियन्त्रण लिएर अनुसन्धान गरिरहेको छ। बम कसले राख्यो भन्ने विषयमा अनुसन्धान भइरहेको काठमाडौं परिसरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित