देशभर पातञ्जल योग साधना केन्द्र विस्तार अभियानमा तिव्रता

Patajal Promo1
भक्तपुर ।

भक्तपुर जिल्लाबाट औपचारिक योगजागरण अभियान शुभारम्भ गरेको पातञ्जल योग समिति नेपालले छोटो समयमा नै देशका विभिन्न जिल्लामा योग साधना केन्द्रहरु विस्तार गरेको छ । राष्ट्रियता,स्वाभिमान र आत्मनिर्णयको अधिकारलाई सर्वोपरि राख्दै योग जागरण अभियानमा होम्मीएको पातञ्जल योग समिति नेपालले वि।स २०७६ लाई योग जागरण वर्षको रुपमा विभिन्न कार्यक्रमका साथ देशका हरेका भूगोलमा पुगिने लक्ष्य रहेको पातञ्जल योग समिति नेपालका केन्द्रिय अध्यक्ष सुर्दशन सुवेदीले बताए। त्यसैगरि पातञ्जल योग समिति नेपाल जिल्ला शाखा भक्तपुरले चारवटै नगरपालिका भित्र विभिन्न ठाँउमा योगजागरण ल्याउने उद्धेश्य हेतु साधना केन्द्र विस्तारलाई तिव्रता दिएको जिल्ला शाखा अध्यक्ष योग प्रसाद आचार्यले जानाकारी गराए । 

Patanjal Promo 2

चाँगुनारायण नगरपालिका–२,दुवाकोट स्थित फसिन्टार भन्ने ठाँउबाट फसिन्टार योग साधना केन्द्रको नामबाट योगजागरण अभियान शुभारम्भ गरिएको पातञ्जल योग समिति जिल्ला शाखा भक्तपुरले ०७५ चैत १८ बाट थालनि गरेको योग जागरण अभियानका विच एक हप्ता भित्र चारवटै नगरभित्र योग साधना केन्द्र विस्तार गर्न सफल भएको छ ।
सूर्यविनायक नगर नङखेल स्थित नन्दिकेश्वोर महादेव मन्दिरको प्राङ्गणमा श्रीराम बेन्जुको अध्यक्षतामा शेरकाजी सुवाल,जगत बहादुर कासुला,ईन्द्र प्रसाद ब्यान्जु,बाबुकाजि कासुला,हेरामान सुकुभतु,जनक सुकुभतु,कमल ब्यान्जु,न्हच्छेलक्ष्मी ब्यान्जु,शर्मिला ब्यान्जु,ईश्वरी कासुला रहेको नन्दिकेश्वोर योग साधना केन्द्र सर्वसम्मत गठन गरेको छ ।
त्यसैगरि मध्यपुर थिमि नगर भित्रपनि शम्भु वस्नेतको अध्यक्षतामा उपाध्यक्षमा तिर्थलाल कुटु,सचिवमा वलदेव कुमार पौडेल,कोषाध्यक्षमा शुसिला भण्डारी,सदस्यहरुमा शेखर नेपाल,रुकमणी वस्नेत,दुर्गा पराजुली,सरला नेपाल,ललिता लामा रहेको लोकेश्वर योग साधना केन्द्र सर्वसम्मत रुपमा चयन गरिएको छ ।

Patanjal -Promo
साधना केन्द्र उदघाटन कार्यक्रमका विच पातञ्जल योग समिति नेपालका केन्द्रिय सल्लाहकार, नेपाली काँग्रेसका नेता एवं पूर्व सांसदद्धय मनमोहन भट्टराई एव होमराज दाहालले पातञ्जल योग समिति नेपालले राष्ट्रियतालाई सर्वोपरि राखेर आरम्भ गरेको योग जागरण अभियानमा आफु उभिएको संस्था एवं पार्टीबाट पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।
योग जिल्ला समन्वय समिति भक्तपुरका अध्यक्ष एवं पातञ्जल योग समिति नेपालका अभिभावक बालमुकुन्द सुवालले भक्तपुरबासीहरुको शारीरिक,मानसिक,नैतिक र चारित्रीक विकासमा पातञ्जल योग समिति भक्तपुरले सञ्चालन गरेको योगजागरण अभियान कोशेढुङ्गा सावित भएको विषयमा आफ्नो धारणा राखेका थियो ।


पातञ्जल योग समिति नेपाल स्पष्ट कार्यदिशाका साथ मातृभूमिको सुगन्धलाई आत्मसाथ गर्दै अगाडि बढिरहेको उल्लेख गर्दै पातञ्जल योग समिति नेपालका केन्द्रिय सदस्य एवं प्रशिक्षण विभाग प्रमुख दिपक प्रसाद नेपालले विदेशबाट सञ्चालित केहि योगिक संस्थाका अगुवा नायकहरु पातञ्जल योग समिति बाट सञ्चालित गतिविधिले भयभित भएको विभिन्न क्रियाकलापहरुले प्रष्ट पारेको छ,यस किसिमका तुच्छ गतिविधिलाई पातञ्जल योग समितिका राष्ट्रप्रेमी अगुवा अभियान्ताहरुले मिलेर सामना गर्नु पर्ने बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित