हनुमन्ते नदि सफाई अभियानको ५८औं हप्ता पूरा (फोटो फिचर) 

IMG_4997
भक्तपुर ।

हनुमन्ते नदि सफाई अभियानको ५८औं हप्ता पूरा भएको छ ।भक्तपुरलाई  देशकै नमुना सफा र समृद्ध शहर बनाउने उद्देश्यका साथ संचालन भइरहेको हनुमन्ते नदि सफाई अभियानको आजको कार्यक्रममा अरनिको राजमार्ग सडक खण्डको आर्दश चोक आसपास सफाई गरिएको छ । नेपाल रेडक्रस सोसाइटी केन्द्रिय बिपद् ब्यबस्थापन समितिका संयोजक ,नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय सदस्य एबम् नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाका सभापति मनोज कुमार थापाको प्रमुख आतिथ्यमा सम्पन्न आजको सफाई कार्यक्रममा सुर्यबिनायक नगरपालिकाका उप-प्रमुख तथा हनुमन्ते नदी सफाई अभियानका उप-संयोजक जुना बस्नेत , मध्यपुर नगरपालिकाका उप-प्रमुख तथा हनुमन्ते नदी सफाई अभियानका उप-संयोजक अन्जना मधिकर्मी ,हनुमन्ते नदि  सफाई अभियानका अभियन्ता , नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी,पातञ्जल योग समिती ,वेभ ग्रुप, नेप्सेम्यक, नेपाल फुलबारी ,बिभिन्न संघ सस्था  लगायत स्थानीयबासीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको बिशेष अगुवाईमा संचालित अभियान समग्र भक्तपुरको बिकासको पर्यायबाचि बन्दै गएको छ । 

IMG_5000

IMG_5008

IMG_5010

IMG_5012

IMG_5013

IMG_5026

प्रतिक्रिया

सम्बन्धित