एनबी बैंकको २४ करोड घोटला काण्डमा मुछिए ढुंगाना र सुमार्गी

nbn

काठमाडौं । बंगलादेशी नागरिकको ४१ प्रतिशत लागनी रहेको नेपाल बंगलादेश बैंकभित्र जग्गा खरिद विवादले ठूलो रुप लिएको छ । बैंकको केन्द्रीय कार्यालय प्रयोजनको लागि भन्दै विवादास्पद व्यापारी अजयराज सुमार्गीको मुक्तीश्री प्रालिको नाममा रहेको विशालनगरस्थित झण्डै ८ रोपनी जग्गा खरिदमा ठूलो घोटला भएको भन्दै सञ्चालक समितिकै सदस्यहरुले आरोप लगाएका छन् ।

 बजारमूल्य अनुसार प्रति आना ५५ देखि ६० लाख पर्ने उक्त जग्गालाई ८० लाख आनामा खरिद गरिएका कारण २४ करोड भन्दा बढि घोटला भएको भन्दै राष्ट्र बैंक र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा चैत १८ गते उजुरी परेको छ ।
बैंकिङ क्षेत्रमा लगानीयोग्य तरलताको कमी भइरहेको अवस्थामा झण्डै एक अर्बको जग्गा खरिद गर्ने कार्य राष्ट्र बैंकको ऐन विपरित रहेको सञ्चालक समितिकै एक सदस्य बताउँछन् ।

 एक अर्बमा जग्गा खरिद गरेर भवन बनाउँदा पनि थप दुई अर्ब खर्च हुने हुँदा पूँजीको २५ प्रतिशत भन्दा बढि घरजग्गा खरिदमा खर्च लाग्ने भएकाले उक्त कार्य राष्ट्र बैंकको निर्देशन विपरित रहेको देखिन्छ । यसरी जग्गा खरिद गर्ने कार्यले बैंकभित्र वित्तिय सुसासन कायम नभएको र जग्गा खरिद प्रकरणमा ठूलो आर्थिक घोटला भएकोले सम्बन्धित सिलबन्दी बोलपत्रको मुचुल्का, उपसिमितिको बैठक तथा सञ्चालक समितिको सक्कली कागजपत्रहरुको जाँचबुझ गरी दोषीलाई तत्काल कारबाहीको माग गर्दै अख्तियार र राष्ट्र बैंकमा बंगलादेश बैंकका सर्वसाधरण लगानीकर्ता एसनारायण मुनले उजुरी हालेका हुन् ।

 मुक्तीश्री प्रा.लि.को नाममा रहेको उक्त जग्गाको क्षेत्रफल ७–९–१–३ रहेको छ । सुमार्गीले प्रति आना ६० लाखमा उक्त जग्गा दिए पनि ८० लाखमा कारोबार भएको देखाउँदा करोडौं कमिसनको खेल भएको प्रष्ट देखिने बैंकका अर्का सञ्चालक बताउँछन् ।

 स्रोतका अनुसार सुमार्गीलाई अबैध रुपमा व्रिटिस भर्जिन कम्पनीबाट पैसा ल्याउँदा एनबी बैंकका प्रमुख कार्यकारी अधिकृत(सिइओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले सहयोग गरेका थिए । सुमार्गीले त्यहि गुण तिर्न ढुंगानालाई सहयोग गरेको बुझिएको छ । यो घोटलामा ढुंगाना र बैंकका अध्यक्ष बंगलादेशी नागरिक जलाल अहमदको संलग्नता रहेको आरोप लागेको छ ।

 सुमार्गीले बंगालीलाई कमिसन मिलाउनका लागि बैंककै दुई सञ्चालक मुकुन्दनाथ ढुंगेल र इन्द्रबहादुर थापालाई केही समय अघि अमेरिका पठाएका थिए । सुमार्गीले नेपाल ल्याउन नसकेको विदेशी बैंककै पैसाबाटै उनीहरुलाई करोडौं कमिसन मिलाएको बैंक स्रोतको दावी छ ।

 बैंकभित्र आर्थिक घोटलादेखि जग्गा खरिदको घोटलासम्म मुछिएका सिइओ ढुंगानाले सुरुमा आफू जोगिनका लागि प्रहरीलाई प्रयोग गर्दै आएका थिए । सर्वसाधरणको लगानी रहेको बैंकको पैसामा मस्ती गर्दै आएका ढुंगानाले नेपाल प्रहरीलाई मासिक रुपमा पुरस्कार दिएर आफ्नो गल्ती ढाकछोप गर्दै आएका थिए ।

 काठमाडौं परिसरमा एसएसपी विश्वराज पोखरेल प्रमुख छँदा ढुंगाना र पोखरेलले पुरस्कारको नाममा प्रहरीमा विकृति बढाएका थिए । तर, त्यसलाई आईजीपी सर्वेन्द्र खनालले रोकिसकेका छन् । बैंकको घोटलाबाट जोगिनका लागि ढुंगानाले प्रहरीलाई प्रयोगको टुल्स बनाएको यो एक उदाहरण रहेको बैंकका ति सञ्चालक दावी गर्छन् । (यूनाइटेड पोस्ट साप्ताहिक )

nbbanke

प्रतिक्रिया

सम्बन्धित