बुढीगण्डकी आयोजना स्वदेशी लगानीमा बनाउनुपर्नेमा कांग्रेस प्रवक्ताको जोड

bishwo prakash

 पोखरा । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालमा रेल ल्याउने योजना हावादारी नभएको बताएका छन् । पोखरामा शनिबार आयोजित कार्यक्रममा उनले नेपालमा रेल ल्याउने योजना जिम्मेवार सपना भएको पनि बताए ।

 प्रधानमन्त्री केपी ओलीले भनेझैं रेल छिट्टै नआए पनि रेल ल्याउने योजना हावादारी भने नभएको उनको भनाइ छ ।  शर्माले रेल ल्याउने योजना कांग्रेसले घोषणापत्रमै उल्लेख गरेकोसमेत स्मरण गराएका छन् ।

‘अहिले पनि नगरपालिका भनिएका डाँडाँमा सडक पुगेको छैन । रेल आउनुहुन्न भन्ने होइन’, शर्माले भने, ‘जसले मेलम्चीको पानी सुरुङबाट छेडेर ल्याउन सकेन उसले पूर्व–पश्चिम रेल ल्याउँछ ?’, ओली सरकारले पूर्वपश्चिम रेल ल्याउन नसक्ने उनले बताए ।

बुढीगण्डकी आयोजना स्वदेशी लगानीमा बनाउनुपर्ने उनले बताए । ‘झापाका धुर्मुस–सुन्तलीले विश्वभरि पैसा उठाएर चितवनमा क्रिक्रेट रंगशाला बनाउने योजना बनाउन सक्ने झापाकै केपी ओलीजीले बुढीगण्डकी बनाउन चीनलाई दिने ?’, शर्माले प्रश्न गरे ।

 

प्रतिक्रिया

सम्बन्धित