पानीले धोका दियो नेपाललाई , युएईसँग पराजित

nepalkriket

 काठमाडौं। आईसिसि यु १९ विश्वकप छनोटमा नेपाल युएईसँग एक रनले पराजित भएको छ । मलेसियामा जारी खेलमा पानीका कारण खेल अवरुद्ध भएपछि डिएल मेथडका आधारमा नेपाल एक रनले पराजित भएको हो । डिएल मेथड बर्षाले प्रभावित भएका क्रिकेट खेलहरुमा बिजेताको टुंगो लगाउने प्रयोग गरिने बिश्व ब्यापी नियम हो ।

 खेल अवरुद्ध हुन अघि युएईले नेपालले दिएको २४८ रनको लक्ष्य पछयाइरहेको थियो । भने युएईले ३० ओभरको समाप्तीमा ३ विकेट गुमाएर १२२ रन बनाएको थियो ।

उसका लागि सैयद हैदरले ११, आर्यन लाक्राले ४, अन्स टन्डनले ५४ रन बनाएर आउट भए । 

प्रतिक्रिया

सम्बन्धित