मलेसियाद्धारा नेपाललाई ९३ रनको विजय लक्ष्य

nepal

  काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेटअन्तर्गत एसिया क्षेत्र छनोट प्रतियोगितामा मलेसियाले नेपाललाई ९३ रनको विजय लक्ष्य दिएको छ । आयोजक मलेसियाविरुद्ध बायोमास ओभलमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । त्यसपछि ब्याटिङ गरेको मलेसिया ३३.५ ओभरमा ९२ रनमा समेटियो ।

नेपालका लागि कुशल मल्ल र पवन शर्राफले समान ३–३ विकेट लिए । कमल सिंह ऐरीले २ र सागर ढकालले १ विकेट लिए । कमलले पहिलो ओभरको तेस्रो बलमै विकेट लिएका थिए । त्यसपछि उनले नै ४.२ ओभरमा दोस्रो विकेट लिए । कमलको हातबाट अस्लम खान र वान अमिरुल भए ।

इजात डेनियलले ३७ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यान नेपाली बलरसामु धेरैबेर टिक्न सकेनन् ।

पहिलो खेलमा सिंगापुरलाई २१७ रनले पराजित गरेको नेपाललाई दोस्रो खेलमा भने वर्षा बाधक बनेपछि यूएईसँग डिएल मेथोडमा एक रनले पराजित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित