८५० वर्ष पुरानो चर्चमा भीषण आगलागी

charch

  काठमाडौं । फ्रान्सको राजधानी पेरिसमा रहेको ८५० वर्ष पुरानो चर्चमा आगलागी भएको छ। ८५० वर्ष पुरानो ऐतिहासिक नोट्र डाम क्याथेड्रल चर्चमा भीषण आगलागी भएको हो । चर्चमा नेपाली समयअनुसार सोमबार राति आगलागी भएको हो ।

आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आगोले चर्चको माथिल्लो भाग खरानी बनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । दुई बेल टावर भने सुरक्षित रहेको सरकारी अधिकारीहरुले जनाएका छन् ।

बीबीसीका अनुसार चर्चका थप कला कृति क्षति हुन नदिन अग्निनियन्त्रकहरु खटिइरहेका छन् । यद्यपि, नियन्त्रणको प्रयास सफल भएको छैन ।

फ्रान्सको इतिहास र सभ्यता बोकेको चर्चमा कसरी आगो फैलियो भन्ने खुलेको छैन । यद्यपि, जीर्णोदारको काम भइरहेकाले यसको सम्बन्ध आगलागीसँग हुनसक्ने अनुमान गरिएका छन् ।

पेरिसको अभियोजनकर्ताको कार्यालयले घटनाबारे अनुसन्धान थालेको बताएको छ । आगलागीलगत्तै चर्च पुगेका फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले इतिहासमा क्षति पुगेको भन्दै आगलागीप्रति दुःख व्यक्त गरेका छन् । उनले फ्रान्सेलीहरुले हातेमालो गरेर चर्चलाई पुरानै अवस्थामा फर्काउने प्रतिबद्धता जनाएका छन् ।

‘यो चर्च हाम्रो इतिहास हो । यसलाई हामी सबै फ्रान्सेली मिलेर पुरानै अवस्थामा पुर्याउने छौं’, राष्ट्रपति म्याक्रोनले चर्चमा भएको क्षतिबाट स्तब्धहरुलाई शान्त्वना दिँदै भनेका छन् ।

ऐतिहासिक यो चर्च निकै जीर्ण अवस्थमा पुगेको थियो । अघिल्लो वर्ष मात्रै यसको जीर्णोदारका लागि आर्थिक सहयोग जुटाइएको थियो र धमाधम काम भइरहेको थियो ।

फ्रान्सका राष्ट्रपति इम्यानुल माक्रोनले क्याथेड्रल चर्चको भ्रमण गर्दै यस घटनालाई ‘भयानक त्रासदी’ भन्दै दुस्ख व्यक्त गरेका छन्। चर्च सबै फ्रान्सेलीहरुको भएको भन्दै उनले पुनर्निर्माणका लागि आग्रह गरेका छन्। यस्तै उनले पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगका लागि समेत आह्वान गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित