अवैध सिइओलाई अझै छोएन बाफिया ऐनले

काठमाडौं । बैकिङ कसुरको मुद्दामा कारवाही भोगे पनि राज्यका सम्पूर्ण निकायहरुलाई प्रभावमा पारेर एनआइडीसी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा टिकिरहन सफल शिवजी राय यादवले अर्को चर्तिकला देखाएका छन् । सरकारले बैंक तथा वित्तिय संस्थाको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत एकै संस्थामा लगातर दुई कार्यकाल भन्दा बढि बस्न नपाउने नियम बनाएको छ ।

 बैंक तथा वित्तिय संस्था सम्बन्धि ऐन(बाफिया) स्वीकृत भइ कानुनी मान्यता समेत पाइसकेको छ । बाफिया ऐन निजी बैंकहरुमा लागू समेत भइसकेको छ । तर, आठ वर्षदेखि अवैध रुपमा एनआईडीसी बैंकको सिइओका रुपमा यादवले काम गर्दै आइरहेका छन् । भदौ १ गते नै उनको आठ वर्षे कार्यकाल सकिएको छ । तरपनि उनी अझै सिइओका रुपमा एनआईडीसीमै छन् । यति हुँदा पनि राष्ट्र बैंक र अर्थ मन्त्रालयले उनलाई हटाउन सकेको छैन ।

 अर्कोतिर, नेपाल राष्ट्र बैंकको नियममा बैंकिङ कसुरमा कारबाहीमा परेको वा कालोसूचीमा परेको व्यक्तिलाई सजाय पाएको ३ बर्षसम्म कुनै पनि बैंक तथा वित्तिय संस्थाको सञ्चालक हुन नपाउने उल्लेख छ । तर, एउटा संस्थामा कारवाही परेर हटेको व्यक्ति अर्को संस्थामा झनै बोर्ड र व्यवस्थापन दुबै निकायमा काम गरिरहँदा पनि राष्ट्र बैंक आपैm मौन रहँदै आएको छ ।

  सामान्य घुस खाएको अभियोग लागेको व्यक्ति मुद्दा चल्नासाथ तत्काल निलम्बन हुन्छन् । तर, ११ करोड भन्दा बढीको घोटलाको अभियोग लागेर अदालतमा मुद्दा खेपिरहेका राय अझै पदमा छन् । यादवले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईवी) को कारबाही पछि उक्त पद छाड्नु पर्ने थियो । स्रोतका अनुसार अदालतमा विचाराधिन मुद्दा मिलाउनका लागि यादवले सुन तस्करीमा मुछिदै आएका व्यापारी दिपक मलहोत्रा र कांग्रेस सभासद् अम्रेसकुमार सिंहसँग मिटिङ गरी सेटिङ मिलाउने षड्यन्त्र गरिरहेका छन् । उनको सिइओ पदको म्याद २०७० भदौ १ गते नै समाप्त भइसकेको थियो । तर, उनी हालसम्म पनि अवैध रुपमा बैंकमा सिइओको हैसियतमा काम गरिरहेका छन् ।यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित