उत्कृष्ट काम गर्ने गृहसचिव राई र आईजीपी खनाल पुरस्कृत

igp sarbendra

  काठमाडौं । सरकारले गृह सचिव प्रेमकुमार राई, नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाललाई पुरस्कृत गरेको छ। बेरुजु फर्छ्यौटमा उत्कृष्ट काम गरेको भन्दै गृह मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले राई र खनाललाई परस्कृत गरेका हुन् ।

गृहमन्त्री थापाले सचिव राई र आईजीपी खनाललाई आठ हजार नगद एवम् प्रशंसापत्र प्रदान गरेका हुन् । त्यसैगरी आजै पुरस्कृत भएका गृहमन्त्रालयका उपसचिव शिवनाथ पौडेल, लेखा अधिकृतहरु फइन्द्रकुमार श्रेष्ठ, शालिकराम पराजुली, लेखापाल नरबहादुर कुँवरलाई नगद ६ हजार तथा प्रशंसापत्र प्रदान गरिएको छ ।

बेरुजु फर्छ्यौट मुल्यांकन तथा अनुगमन समितिले बेरुजु फर्छ्यौटमा संलग्न अवधीमा कार्यरत प्रशाशकीय प्रमुख र कर्मचारीहरुलाई नगद पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्न सकिने पत्र अनुसार उनीहरुलाई गृहमन्त्रालयले पुरस्कृत गरेको हो ।

कार्यक्रममा गृहमन्त्री थापाले पुरस्कृत व्यक्तित्वहरुलाई बधाई दिदै भविष्यमा समेत थप उत्कृष्ट कार्य गर्न आग्रह गरे ।

सरकारले विकास र समृद्धिको लक्ष्य लिएको र त्यसका लागि सुशासन अनिवार्य रहेकोमा गृहमन्त्रीले जोड दिए । गृहन्त्रालय र अन्तर्गतका निकायहरुको आर्थिक वर्ष २०७३/०७४ सम्मको आर्थिक वर्ष २०७४/०७५ मा फर्छ्यौट गरिसक्नुपर्ने त्यो अवधीमा ६३.०३ प्रतिशत अर्थात रकम रु चार अर्ब ३० करोड ९७ लाख रहेकोमा रु दुई अर्ब ७१ करोड ६२ लाख बेरुजु फर्छ्यौट भएको छ ।

यस्तै, नेपाल प्रहरीको आर्थिक वर्ष २०७३/०७४सम्मको बेरुजु रु ६८ करोड ४१ लाख मध्ये ८५.१४ प्रतिशत अर्थात ५८ करोड २५ लाख बेरुजु फर्छ्यौट भएको छ ।

प्रतिक्रिया

सम्बन्धित