पक्राउ पछि गुमनाम बसेका प्रकाण्डलाई नयाँ जिम्मेवारी

prakanda

   काठमाडौं । पक्राउ पछि गुमनाम रहेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई नयाँ जिम्मेवारी दिइएको छ । मध्यकमाण्ड इन्चार्जको जिम्मेवारी सम्हालिरहेका हेमन्त प्रकाश ओली ‘सुदर्शन’ पक्राउ परेपछि नेकपामा जिम्मेवारी हेरफेर गरिएको बताइएको छ ।

अहिले यो जिम्मेवारी प्रकाण्डलाई दिइएको छ । । प्रकाण्डलाई प्रहरीले पक्राउ गरेपछि पार्टीका केही गोप्य दस्तावेज बाहिरिएको भन्दै उनलाई जिम्मेवारविहीन बनाइएको समेत हल्ला चलेको थियो । यति मात्र होइन विप्लव र प्रकाण्डबीच सम्बन्ध बिग्रिएको चर्चा पनि थियो । प्रकाण्ड पक्रउ परेपछि उनको नामबाट पार्टीको औपचारिक विज्ञप्ति आउन सकेको थिएन ।


मध्य कमाण्ड इन्चार्जको भूमिकामा रहेका सुदर्शन चैत पहिलो साता काभ्रेबाट पक्राउ परेका थिए। सरकारले विप्लवको पार्टीलाई प्रतिबन्ध लगाएसँगै सुदर्शन पक्राउ पर्ने उच्चस्तरीय नेता हुन् । ओली पार्टीमा तेस्रो तहका नेता हुन् । ओलीमाथि विप्लव र प्रकाण्ड थिए । सरकारले फागुन २८ गतेदेखि विप्लव समूहलाई प्रतिबन्ध लगाएको छ ।

प्रतिक्रिया

सम्बन्धित