प्याराग्लाइडिङ बिनाको पोखरा अब कल्पना समेत गर्न सकिन्न  : सांसद पहारी

rajib-final
पोखरा।

गण्डकी प्रदेशका सांसद राजिब पहारीले प्याराग्लाइडिङ बिनाको पोखरा कल्पना समेत गर्न नसकिने बताएका छन् । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पोखरामा हुन लागेको प्याराग्लाइडिङ खेलको पुर्ब सन्ध्यामा गरिएको शुभारम्भ कार्यक्रममा सांसद पहारीले नेपाल अब हिमाल र बुद्ध जन्मिएको देशले मात्रै चिनिने छैन, नेपालमा प्याराग्लाइडिङ खेलाडी उत्पादन हुने देश पनि हो भनेर चिनिने
समेत बताए ।
सांसल पहारीले प्यारागलाइडिङ खेलले १८ औं एशियाली खेलकुदमा रजत पदक जिताएको बताउँदै समग्र प्यारागलाइडिङ खेलको बिकासका लागि सरकारले ध्यान दिनु पर्ने बताए । २० वर्ष इतिहास बोकेको नेपालको प्याराग्लाइडिङ खेल पोखरामा पहिलो पटक हुन लागेको प्रतियोगिताको आफूले उद्धाटन गर्न पाउँदा गर्भको अनुभुती भएको बताउँदै सांसद पहारीले विश्वको शाहसिक खेल गतिविधी र पर्यटनको गन्तब्यका लागि पनि प्याराग्लाइडिङ खेलले निकै महत्व राख्ने हुनाले पनि प्याराग्लाइडिङ खेलको बिकास गर्न आवश्यक्ता रहेको बताए ।


कुल ६ वटा स्वर्ण पदकका लागि प्रतियोगितमा प्रदेश १ बाट २ महिला सहित १० पुरुष, प्रदेश ३ बाट १ महिला र १० पुरुष, गण्डकी प्रदेश बाट ४ महिला र १० पुरुष, कर्णाली प्रदेश बाट ४ पुरुष, प्रदेश ७ बाट ४ पुरुष र नेपाली सेनाको त्रिभुबन क्लब बाट ३ महिला र १० पुरुषको सहभागिता रहने छ । बैशाख ९ गते सम्म संचालन हुने प्रतियोगितामा प्याराग्लाइडिङ खेलका दुई बटा इभेन्ट हुनेछन । टिम इभेन्ट तर्फ एक्यूरेसी र टिम क्रस कन्ट्रि तथा इन्डिभिजुअल एक्यूरेसी र इन्डिभिजुअल क्रस कन्ट्री हुने छन ।

सांसद पहारीले प्याराग्लाइडिङ प्रतियोगितामा सहभागी सबै प्रदेश र नेपाली सेनाका टिम म्यानेजरहरुलाई आ–आफ्नो प्रदेशको लोगो अंकित झण्डा एबम् प्रतियोगिताका इभेन्ट म्यानेजर तथा १८ औं एशियाडका रजत पदक बिजेता बिमल अधिकारीलाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै प्रतियोगिताको औपचारिक रुपमा उद्घाटन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित