लोकमानले जोगाएका गणेश थापालाई थुन्ने तयारी

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्ष रहेका बेला करोडौ रुपियाँ अनियमितता गरेका राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य एवम् सांसद गणेश थापाको फाइल फेरि खोल्ने तयारी भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तामेलीमा राखेको थापाको भ्रष्टाचारको फाइल खोल्ने तयारी थालेको अख्तियार स्रोतले जनाएको छ । भ्रष्टाचार आरोपमा थुनिने भएपछि हतार–हतार राप्रपा अध्यक्ष कमल थापाले आफ्ना भाई गणेश थापालाई सांसदमा मनोनीत गरेका थिए । मन्त्रिपरिषदबाट तत्कालीन राप्रपा नेपालले पाएको एक सिटमा गणेशले अवसर पाएका हुन् ।

 कमल थापा एमालेको पुच्छर बनेर एमालेको पछाडि लागेपछि रिसाएका राजनीतिक शक्तिहरूले गणेश थापालाई जेल हाल्ने तयारी गरेको स्रोत बताउँछ । यो कुरा चाल पाएका गणेश र कमलको निदहराम भएको उच्च स्रोतको भनाई छ ।  राप्रपालाई निरंकुश शैलीबाट चलाउन खोजेपछि पशुपतिशम्शेर राणाले सहन नसकेर पार्टी विभाजन गरेपछि आत्तिएका थापा दाजुभाई फेरि भ्रष्टाचारको फाइल खुल्ने सूचना पाएपछि तनावमा रहेका छन् ।

 स्रोतले भन्यो,‘एन्फाको ६० करोडभन्दा बढी रकम भ्रष्टाचार गरेका गणेश थापालाई अब कानूनी कारबाही गर्नेबारेमा छलफल चलिरहेको छ । दुई–चार दिनमा यो विषय बाहिर आउनेछ ।’राप्रपा विभाजनको आरोप कांग्रेस, माओवादी केन्द्र र भारतलाई लगाउँदै आएका थापाको पार्टी फेरि पनि फुट्ने तयारीमा रहेको स्रोतको भनाई छ । ‘राणाले पार्टी फुटाएर राप्रपा (प्रजातान्त्रिक) बनाएका छन्’, थापा नेतृत्वको राप्रपाका एक नेताले भने, ‘राप्रपाफेरि पनि फुट्ने तयारीमा छ ।

  लोकेन्द्रबहादुर चन्द र बुद्धिमान तामाङको समूहले नयाँ पार्टी बनाउने तयारी गरेको छ ।’राप्रपा फेरि पनि फुट्ने सुइको पाएपछि थापा अहिले एमालेको शरणमा पुगेका छन् । थापाको विन्ती सुनेपछि एमाले अध्यक्ष केपी ओलीले संसदमा सरकार र सर्वोच्च अदालतको आलोचना गरेका थिए । उनले राप्रपा विभाजन गरिदिएको भन्दै आक्रोश व्यक्त गरेका थिए । उता, कमल थापाले एमालेलाई राष्ट्रवादी पार्टीको संज्ञा दिँदै आउँदै गरेका सबै चुनावहरूमा मिलेर प्रतिस्पर्धा गर्ने बताएका छन् । यो कुरा राप्रपाका बहुमत सदस्यहरूले मन पाएका छैनन् ।यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित