दक्षिणाको लोभमा ज्योतिषीहरुले मनपरी बोल्न थाले : प्रधानमन्त्री ओली

pmoliji

 बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिणाको लोभमा ज्योतिषीहरुले मनपरी बोल्न थालेको आरोप लगाएका छन् ।

 जितगढीमा शनिबार आयोजित विजयोत्सव समारोहमा प्रधानमन्त्री ओलीले कतिपयले दक्षिणावाला ज्योतिषीलाई यसो भन्दिनुपर्‍यो भन्दै उचाल्ने गरेको वताए ।

 राप्रपातर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले धर्मका नाममा राजनीतिलाई अल्मल्याउन खोजेको भन्दै आपत्ति जनाए ।

 मुलुकले सुशासन र विकासको बाटो समातेको भन्दै प्रधानमन्त्री ओलीले अब अल्मलिन नसकिने बताए । नेपाल दुनियाँको गरीब देश हो भन्ने पहिचान बदल्ने आफ्नो उद्देश्य रहेको हुँदा समृद्ध नेपाल सुखी नेपाली नारा त्यत्तिकै अघि नसारिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित