सरकारले जनताको हक र अधिकारलाई हनन गरेको देउवाको आरोप

deuba

 काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले जनताको प्रजातान्त्रिक हक र अधिकारलाई बेवास्ता गरेर काम गरिरहेको आरोप लगाएका छन् ।

 कांग्रेस काठमाडौँ क्षेत्र नं ५ ले आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा बोल्दै देउवाले  सेना परिचालन गर्ने अधिकार र राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीको मातहत राखेर वर्तमान सरकारले  शासन गर्न खोजेकाले यसविरुद्ध कांग्रेस जाग्नुपर्ने बेला आएको वताए ।

 निर्मला पन्तको हत्यारालाई वर्तमान सरकारले संरक्षण गर्न खोजेको सभापति देउवाको भनाइ थियो। 

 पार्टीमा अनुशासनविरुद्ध काम गर्ने जोकोहीलाई कारवाही गरिनेमा जोड दिँदै  देउवाले  पार्टीको सङ्गठन विस्तार गर्न कार्यकर्तालाई निर्देशन समेत दिए। कांग्रेस महामन्त्री डा.शशाङ्क कोइरालाले कांग्रेसले आफ्नो शक्ति निर्वाचनमा परिचालन गर्न नसक्दा पराजय भोग्नुपरेको बताए। 

प्रतिक्रिया

सम्बन्धित