श्रीलंकामा विष्फोट : मृतकको संख्या ५० पुग्यो (अपडेट)

shrilanka

  काठमाडौं । श्रीलंकामा भएका श्रृंखलावद्ध बम विष्फोटमा मृतकको संख्या ५० पुगेको छ । घटनामा झण्डै ३ सय घाइते भएको पनि अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

इसाई धर्मावलम्बीहरुले इस्टर पर्व मनाइरहेका बेला चर्च र होटलहरुमा श्रृंखलावद्ध विस्फोट भएका थिए । कम्तिमा ६ स्थानमा विष्फोट भएको अधिकारीहरुले जनाएका छन् ।

कोलम्बोको सेन्ट एन्थोनी, कतुवपितिया र बाटिकालोआ चर्चमा विष्फोट भएको छ । सांग्रिला, सिनामोन ग्राण्ड र किंग्सबरी होटलमा पनि विष्फोट भएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । विस्फोट कसले गरायो भन्ने अझै खुलेको छैन । घटनाको थप विवरण आउन बाँकी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । अझैसम्म पनि आक्रमणको जिम्मा कसैले लिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित