विद्यार्थी भिषामा नेपाल आएर इसाई धर्म प्रचार

home-minister-stimnews-
काठमाडौं ।
गृह मन्त्रालयले दुई जापानी नागरिकलाई देश निकाला गरेको छ । गृहले इसाई धर्म प्रचारमा संलग्न मोरिता मासाहिरो र हासिमोतो युकारीलाई नेपाल प्रवेशमा पाँच वर्ष प्रतिबन्धसमेत लगाएको छ । उनीहरु विद्यार्थी भिसामा नेपाल बस्दै आएका थिए आजको अन्नपूर्णलेमा लेखिएको छ ।
कास्कीको पोखरा फूलबारीस्थित शिवशक्ति क्याम्पसमा शिक्षाशास्त्र संकाय अध्ययन गर्न उनीहरुले भिसा लिएका थिए । विद्यार्थी भिसा लिएर धर्म प्रचार गरेकाले निकालिएको अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले जानकारी दिए । ।

प्रतिक्रिया

सम्बन्धित