कानुन निर्माणमा सरकार उदासिन : डा. भट्टराई

baburam`

  काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कानून निर्माणमा सरकारले गम्भीरता नदेखाएको आरोप लगाएका छन् ।

डा. रुद्र शर्माद्वारा लिखित ‘नेपाल, भारत र अमेरिकामा संघीय विवाद निरुपण’ नामक पुस्तक विमोचन गर्दै उनले संविधान कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणमा सरकार उदासिन बनेको बताए ।

उनले संघ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्धलाई व्यवस्थित बनाउन सरकारले प्रस्ताव गरेको राष्ट्रिय समन्वय परिषद र प्रदेश समन्वय परिषद् पनि व्यवहारिक नभएको दावी गरे ।

प्रतिक्रिया

सम्बन्धित