हरेक कारोबार बैंकिङ प्रणलीमार्फत गर्न सांसद बस्नेतको आग्रह

mahesh

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता महेश बस्नेतले प्रत्येक नेपालीको बैंक खाता हुनुपर्ने सरकारको नीतिले वित्तीय प्रणालीमा ठूलो टेवा पुग्ने बताएका छन् । प्रभु बैंकको भक्तपुर शाखा उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य समेत रहेका नेता बस्नेतले आफूले रकम जम्मा गरेर बैंकमा खाता खोलिदै आएको अहिलेको अवस्थामा खाता खोलेबापत उल्टै बैंकले नै एक सय रुपैयाँ जम्मा गरिदिने नीति सरकारले ल्याएको पनि जानकारी गराए ।

उनले भने–‘पहिले बैंकमा खाता खोल्न १० हजार जम्मा गर्नुपथ्र्यो । त्यो रकम घट्दै गएर अहिले निशुल्क बैंक खाता खोल्ने वातावरण बनेको छ । तर, सरकारले बैंकहरुसँग सहकार्य गरेर खाता खोलेबापत खातावालालाई उल्टै बैंकले एक सय रुपैयाँ जम्मा गरिदिने नीति ल्याएको छ । जसले वित्तीय क्षेत्रमा यसले ठूलो टेवा पुग्ने देखिन्छ ।’

mahesh 1

आफ्नाे हरेक कारोबार बैंकिङ प्रणालीबाट गर्न आग्रह गर्दै सांसद बस्नेतले भने–‘सरकारले ल्याएको सहुलियत दरमा ऋण, अनुदान, विना धितो ऋण, शैक्षिक प्रमाणपत्र राखेर दिइने ऋण, महिला उद्यमीहरुलाई विना धितो तथा विदेशबाट फर्केका युवाहरुलाई दिइने ऋणलगायतका नीतिले एकातिर आर्थिक क्षेत्रमा ठूलो परिवर्तन हुने देखिन्छ भने अर्कोतिर सेगाग्राहीहरुलाई पनि सहयोग पुग्ने देखिन्छ । यी सबै कारोबार बैकिङ प्रणालीबाट नै गर्नुहोस्, जुन सुरक्षीत र भरपर्दो पनि हुन्छ ।’

बैंकलाई आवश्यक सबै सहयोग गर्न आफू प्रतिवद्ध रहेको बताउँदै सांसद बस्नेतले सहज र सरल तरिकाले भक्तपुरबासीलाई सेवा प्रदान गर्न प्रभु बैंक शाखालाई आग्रह गरे । भक्तपुरको बालकोटमा स्थापना भएको प्रभु बैंकको १७४औं शाखा हो ।

प्रतिक्रिया

सम्बन्धित