गुप्तचरका रिक्त एआईजी र डिआईजी पदमा ६ जनाको बढुवा

काठमाडौं । सरकारले राष्ट्रिय अनुसन्धान विभाग ( गुप्तचर)का ६ उच्च पदहरुमा बुधबार बढुवा गरेको छ । रिक्त  एआईजी सरहको अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा यदु खरेलको बढुवा भएको छ। देवराज भट्टले गत २७ साउनमा अवकाश पाएपछि विभागमा एआईजी पद रिक्त भएको थियो ।

त्यस्तै, डिआईजी सरहको अनुसन्धान निर्देशक पदमा पाँच जनाको बढुवा भएको छ।

 कुलदेव थापा, ओम जोशी, हुतराज थापा, सुनिल ढकाल र हरिहर पौडेल अनुसन्धान निर्देशकमा बढुवा भएका हुन् । बुधबारको मन्त्रीपरिषद्को बैठकले उनीहरुको बढुवा गरेको हो।

 बैठकमा नेपाल प्रहरीको पुनंसरचनाको बारेमा पनि छलफल भएको र निर्णय नभएको संचारमन्त्री मोहन बस्नेतले बताएका छन्।नेपाल प्रहरीको एसएसपीको दरबन्दी कटौती गर्ने तथा डिआईजीको थप्नेबारे छलफल भएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित